back
NMB ad

भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै काठमाडौंमा आर्किटेक्चरल सम्मेलन हुँदै

Kumari bank ad

काठमाडौं । मुलुक पर्यटन बर्ष मनाउने अन्तिम तयारीमा जुटिरहेका बेला काठमाडौं बृहत राष्ट्रिय सम्मेलन सुरु हुने भएको छ । सोसाईटी अफ नेप्लिज आर्किटेक्ट (सोना)को आयोजनामा शुक्रबारदेखि काठमाडौंको ठमेलस्थित एलफ्ट होटल सुरु हुने सम्मेलनमा देशभरका पाँचसय भन्दा बढीको सहभागिता हुँदैछ । सोनाका महासचिव सुरज खनालका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ‘आर्किटेक्चरल रेस्पोन्सेस टू टूरिजम इन नेपाल’ भन्ने एजेण्डासहितको सम्मेलन आयोजना गर्न लागिएको हो ।

पर्यटकीय क्षेत्र आर्किटेक्चरल हिसाबले जति मजबुत हुन्छ त्यतिनै पर्यटकीय सम्भावना बढ्ने हुनाले यसतर्फ सरकारको ध्यानआकृष्ट गर्न सम्मेलन सहयोगी हुने आयोजकको दावी रहेको छ । सम्मेलनले आर्किटेकटहरुको विगतको भूमिकाको समिक्षा गर्दै आगामी प्रयत्नलाई थप प्रभावकारी बनाउन सहयोग पु¥याउने सोनाकी अध्यक्ष अञ्जु मल्ल प्रधानले बताउनुभयो ।

सम्मेलनमा शहरको परिकल्पना, विपद्पछिको संरचना र पर्यटकीय पूर्वाधारमा नयाँ मार्गप्रसस्त गर्न छुट्टा छुट्टै छलफल हुने सोनाका महासचिव खनालले जानकारी दिनुभयो । कम लागतमा नै संरचनालाई दीगो र बहुउपयोगी बनाउन आर्किटेक्टको भूमिका महत्वपूर्ण रहने भन्दै मुलुकको पर्यटन विकासमा टेवा पुर्याउन सम्मेलनको आयोजना गरिएको खनालको दावी छ । शुक्रबारबाट सुरु हुने सम्मेलन दुईदिनसम्म चल्नेछ । सम्मेलनमा आर्किटेक्ट, व्यवसायी, सरकारी निकायका साथै नेपालका पर्यटन र निर्माणक्षेत्रसँग जोडिएका अग्रणी संस्थाहरुको समेत सहभागिता रहनेछ ।

२०७६ पुस ०४ गते प्रकाशित

वि.सं.२०७६ पुस ४ शुक्रवार १२:२७ मा प्रकाशित

You can share this post!

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...