back
NMB ad

मर्जर तथा प्राप्ति प्रक्रिया : यी सात जोडी बैंक तथा वित्तीय संस्थाले पाए सैद्धान्तिक सहमति

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबीच मर्जर तथा प्राप्तिका लागि नेपाल राष्ट्र बैंकले जोड दिँदै आए पनि पछिल्लो समय ११ जोडी बैंक तथा वित्तीय संस्थाले मात्र यसको प्रक्रिया अघि बढाएका छन।

यीमध्ये सात जोडी बैंक तथा वित्तीय संस्थाले मर्जर तथा प्राप्तिमा जान सैद्धान्तिक सहमतिपत्र (एलओआई) पाइसकेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मर्जर तथा प्राप्तिको सैद्धान्तिक सहमति लिने प्रक्रियामा चार जोडी कम्पनी जुटेका छन।

यसमध्ये नेस्डो समृद्ध र नेपाल एग्रो लघुवित्त संस्था, जीवन विकास लघुवित्त र सल्भा लघुवित्त वित्तीय संस्था, मनकामना लघुवित्त वित्तीय र स्मार्ट लघुवित्त वित्तीय संस्थाले मर्जरको प्रस्ताव पेश गरेका छन् भने मेगा बैंक र गण्डकी विकास बैंक प्राप्तिको प्रक्रियामा रहेको केन्द्रीय बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । यसबाहेक आठ ओटा संस्थाहरूले मर्जर तथा प्राप्तिको अनुमति पाइसकेका छन् ।

प्रक्रियामा रहेका ११ जोडीमध्ये सात जोडी मर्जर प्रक्रियामा छन् भने बाँकी चार जोडी प्राप्तिको प्रक्रियामा छन् । मेगा बैंकले गण्डकी विकास बैंकलाई, प्राइम कमर्शियल बैंकले कैलाश विकास बैंकलाई, विजया लघुवित्तले स्वेडा लघुवित्तलाई र सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाएका छन् ।

प्राप्तिको प्रक्रियामा एलओआई पाइसकेका प्राइम कमर्शियल बैंक र कैलाश विकाश बैंकलाई अन्तिम स्वीकृतिका लागि पुस मसान्तसम्मको समय थपिएको केन्द्रीय बैंकले बताएको छ ।

यसैगरी नेस्डो समृद्ध लघुवित्त र नेपाल एग्रो लघुवित्त संस्था, जीवन विकास लघुवित्त र सल्भा लघुवित्त वित्तीय संस्था, मनकामना लघुवित्त वित्तीय संस्था र स्मार्ट लघुवित्त वित्तीय संस्था, उन्नति माइक्रोफाइनान्स, सहकार्य लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त, आरम्भ र चौतारी लघुवित्त वित्तीय संस्था, नागबेली र किसान लघुवित्त वित्तीय संस्थाले भने मर्जर प्रक्रिया अघि बढाएका छन् ।

उक्त संस्थाहरूमध्ये केहीले सैद्धान्तिक सहमति पाइसकेका छन् । तर अन्तिम स्वीकृति पाउन बाँकी छ । बैंक तथा वित्तीय संस्थाले एलओआई पाएको घ महीनापछि सबै तयारी गरेर राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिनुपर्ने हुन्छ ।

नेपाल राष्ट्र बैंकले कालिका लघुवित्त र जनसेवी लघुवित्त वित्तीय संस्थाबीच एकीकृत कारोबार गर्न बिहीवार (पुस ३ गते) अन्तिम स्वीकृति दिएको छ ।

यी दुई संस्थाले एकआपसमा गाभिन राष्ट्र बैंकमा बुझाएको अन्तिम सम्झौतापत्रलाई बैंकले अन्तिम स्वीकृति दिएको हो । कालिका लघुवित्तले जनसेवी लघुवित्तलाई गाभेपछि संस्थाको नाम कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेगरी राष्ट्र बैंकले स्वीकृति दिएको छ ।

उक्त लघुवित्तलाई अन्तिम स्वीकृति भएको मितिले १ महीनाभित्र एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।  मर्जरपछि संस्थाको अध्यक्षमा साविक जनसेवी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विकास गौचन हुनेछन् भने पहिलो साधारणसभाबाट अध्यक्षको जिम्मेवारी कालिका लघुवित्तका अध्यक्ष कृष्ण खाँण रहने सहमति भएको छ ।

यसैगरी मर्जरका लागि आँधीखोला लघुवित्त वित्तीय संस्था र धौलागिरि लघुवित्त नेपाल राष्ट्र बैंकमा जाने तयारीमा छन् । पुस ३ गते यी दुई कम्पनी एकआपसमा गाभिनेबारे सहमतिपत्रमा हस्ताक्षर (एमओयू) भएको छ ।

आँधीखोलाको केन्द्रीय कार्यालय स्याङ्जामा छ भने धौलागिरिको केन्द्रीय कार्यालय बागलुङमा रहेको छ । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरू गराएपछि २०७६ कात्तिक मसान्तसम्म कुल १७८ बैंक तथा वित्तीय संस्था मर्जररप्राप्ति प्रक्रियामा सहभागी भइसकेका छन् ।

यसमध्ये १३५ संस्थाको इजाजत खारेज भई ४३ संस्था मात्र कायम छन् । मंसिर २० गते ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जर भएर एकीकृत कारोबार समेत शुरू भइसकेको छ ।

२०७६ पुस ०६ गते प्रकाशित

वि.सं.२०७६ पुस ६ आइतवार ११:५३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...