काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्ने भएको छ ।
कम्पनीले संस्थापक समूहतर्फको २ लाख ८ हजार ५२३ र सर्वसाधारण समूहतर्फको १ लाख १२ हजार २१९ कित्ता शेयर गरी कुल ३ लाख २० हजार ७४२ कित्ता शेयर लिलाम बढाबढ गरी विक्री गर्न लागेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाहरुले पुस १४ गतेभित्र बैंकको शेयर रजिष्टार सनराइज क्यापिटलमा शिलबन्दी बोलपत्र पेश गनुपर्ने छ । कम्पनीको विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
लिलामी शेयरमा आवेदन दिनको लागि पुस ७ गतेदेखि १४ गतेसम्म अवधि तोकिएको छ । शेयरको न्यूनतम मूल्य रू. १०० तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।
२०७६ पुस ०७ गते प्रकाशित
वि.सं.२०७६ पुस ७ सोमवार ०८:५२ मा प्रकाशित