back
NMB ad

यसकारण बचत गर्नेको रोजाई राष्ट्रिय वाणिज्य बैंक, व्याज खानेको एनआइसी एसिया

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक मसान्तसम्म २९ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन । मुद्दती, चल्ती, बचत र कल खातामा गरी सो रकम संकलन भएको हो ।

वाणिज्य बैंकहरुले संकलन गरेको रकममध्ये सबैभन्दा धेरै हिस्सा मुद्दती रकमले ओगटेको छ । सर्वसाधारणको मुद्दती खाता (फिक्स्ड डिपोजिट)मा १४ खर्ब ९ अर्ब रुपैयाँ संकलन भएको छ ।

कात्तिक मसान्तसम्म २८ बैंक (जनता ग्लोबलमा मर्ज हुनुअघि) मा सो रकम संकलन भएको हो। गत वर्षको कात्तिकसम्म मुद्दती खातामा ११ खर्ब २४ अर्ब रुपैयाँ थियो।

पछिल्लो समय रकमका आधारमा मुद्दतीको हिस्सा बढ्दै गएको छ। चल्ती र बचतमा भन्दा बढी व्याज पाइने भएकाले ठूलो रकम मुद्दतीमै जम्मा हुने गरेको छ। व्याज खानकै लागि मुद्दतीमा रकम लगानी हुने गर्दछ ।

अर्कोतर्फ ठूला संस्थानहरुले मुद्दती खातामा बढी पैसा राख्ने हुँदा मुद्दतीको हिस्सा बढ्दै गएको हो। दीर्घकालीन स्रोत जुट्ने भएकाले मुद्दती खाताको हिस्सा बढ्नु राम्रो मानिन्छ।

कात्तिक मसान्तसम्म बैंकहरुको कुल निक्षेप रकममा ५४. २ प्रतिशत हिस्सा मुद्दतीको छ। गत वर्षको कात्तिकमा यो हिस्सा ५२. ४० प्रतिशत थियो । मुद्दती खाताको सबैभन्दा बढी रकम एनआइसी एसिया बैंकमा छ ।

सो बैंकले मुद्दतीमा ८५ अर्ब रुपैयाँ संकलन गरेको छ । मुद्दती खाताको रकम सबैभन्दा कम हुनेमा स्टान्डर्ड चार्टड छ। सो बैंकको मुद्दती खातामा २० अर्ब रुपैयाँ मात्रै संकलित छ ।

कात्तिक मसान्तसम्म बचत खातामा कुल ९ खर्ब ३१ अर्ब रुपैयाँ संकलन भएको छ। गत वर्षको कात्तिकसम्म बचत खातामा ८ खर्ब ३३ अर्ब रुपैयाँ थियो।

बचत खातामा भने राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा बढी रकम छ । उसले बचत खातामा ९४ अर्ब रुपैयाँ संकलन गरेको छ । बचत खातामा सिभिलको सबैभन्दा कम १० अर्ब ७४ करोड संकलित छ ।

त्यस्तै कात्तिक मसान्तसम्म सर्वसाधारणले बैंकहरुमा खोलेका चल्ती खातामा कुल २ खर्ब ४५ अर्ब रुपैयाँ संकलन भएको छ । यस खातामा पनि राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि छ । विभिन्न चल्ती खातामार्फत सो बैंकले कात्तिक मसान्तसम्म ४५ अर्ब रुपैयाँ संकलन गरेको छ ।

कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुमा ३ खर्ब ५३ अर्ब रुपैयाँ कल डिपोजिटका रुपमा संकलित छ । कल डिपोजिटमा नविल बैंकसँग सबैभन्दा बढी रकम ३२ अर्ब रुपैयाँ संकलित छ ।

२०७६ पुस ०७ गते प्रकाशित

वि.सं.२०७६ पुस ७ सोमवार ०९:४७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...