back
NMB ad

मर्चेन्ट बैंकहरु पनि मर्जरमा जाँदै

Kumari bank ad

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जर तथा एक्वीजीशनमा गइरहेका बेला मर्चेन्ट बैंकहरु पनि मर्जरमा जान थालेका छन् ।

नेपाल राष्ट्र बैंकको मर्जर नीति पछि बाणिज्य बैंकहरुसँगै मर्चेन्ट बैंकहरुले पनि मर्जरमा जोन तयारी थालेका छन् । नियामक निकायले मर्जर नीतिबाट ठूला बैंकहरुलाई मर्जरमा लगेपनि पूँजी बजार सम्बन्धी काम गर्ने मर्चेन्ट बैंकिङ कम्पनीहरु पनि स्वतः स्फूर्त मर्जरमा जान सहमत भएका हुन् ।

बैंकहरु पूजीगत रुपमा बलियाँ भएसँगै मर्चेन्ट बैंकर्सहरु पनि पूँजीगत रुपमा बलियो हुन मर्जरमा जान थालेका हुन् । मर्जरमा गएपछि मर्चेन्ट बैंकहरुलाई कार्यक्षेत्र विस्तार, भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी र हेज फण्ड, व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, परार्मश सेवा, कोष सञ्चालन तथा सम्पति व्यवस्थापन लगायतका सेवा सुविधा उपलब्ध गराउन सहज हुनेछ ।

हालै प्रभु क्यापिटल र समृद्धि क्यापिटलबीच मर्जरमा जाने सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु क्यापिटलका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यपिटलका अध्यक्ष एलपी भानु शर्माले हस्ताक्षर गरेका छन। सम्झौता अनुसार नयाँ बन्ने कम्पनीको नाम प्रभु क्यापिटल हुनेछ ।

मर्जर प्रक्रिया पूरा भएपछि कम्पनीको एकीकृत चुक्ता पूँजी ८० करोड पुग्ने छ । प्रभु क्यापिटल धितोपत्र बोर्डबाट सेयर निष्काशन तथा विक्री प्रबन्धक कम्पनी हो । त्यस्तै, समृद्धि क्यापिटल बोर्डबाट लगानी व्यवस्थापनको लागि अनुमती पाएको कम्पनी हो ।

यसअघि ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई एक्वायर गरिससगै ग्लोबल आइएमई क्यापिटलले रिलायबल क्यापिटललाई प्राप्ती गरिसकेको छ ।

हालै जनता बैंकसँग मर्ज गरि एकीकृत कारोबार थालेको ग्लोबले सहायक कम्पनी ग्लोबल आईएमई क्यापिटल र जनता बैंकको सहायक कम्पनी जनता क्यापिटलबीच मर्जरको मोडलका बिषयमा छलफल भइरहेको छ ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले आवश्यकता अनुसार मर्जर या प्राप्ती गर्न सकिने बताए ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि एनआईबिएल क्यापिटल र एस क्यापिटल एक भएर एनआईबिएल एस क्यापिटलको नामबाट कारोबार गर्दै आइरहेका छन् ।

२०७६ पुस ०७ गते प्रकाशित

वि.सं.२०७६ पुस ७ सोमवार १२:५४ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...