back
NMB ad

एनआईसी एशिया बैंकको आइभीआर सेवा सञ्चालनमा

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ग्राहक महानुभावहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेकोमा आफ्ना ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्र्रदान गर्ने उद्देश्यले इन्टरेक्टीभ भ्वाइस रेस्पोन्स (आइभीआर) सेवा सञ्चालनमा ल्याएको छ ।

यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकवर्गले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

ग्राहकवर्गले आइभीआर सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आइभीआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी समेत पाउन सक्नुहुनेछ ।

आइभीआर सेवा प्रयोग गर्नका लागि सर्वप्रथम ग्राहक महानुभावहरुले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा आइभीआर सेवा दर्ता गर्नुपर्दछ । दर्ता प्रक्रिया एसएमएस वा फोन कल दुबै माध्यमबाट गर्न सकिन्छ ।

ग्राहक महानुभावहरुले एसएमएसद्वारा आइभीआर दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ । सर्वप्रथम दर्ता गर्नका लागि आइभीआर इस्पेस आफ्नो खाता नम्बर (IVR<space>Account Number) टाइप गरी ३४४८८ मा पठाउनुपर्नेछ । एसएमएस पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ ।

दर्ता प्रक्रिया समाप्त भए पश्चात आइभीआर सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सक्नेछन् । ग्राहक महानुभावहरुले फोन कलद्वारा आइभीआर दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ ।

आइभीआर सेवा प्रयोग गर्नका लागि ग्राहक महानुभावहरुले आफ्नो रजिष्टर्ड मोबाइल नम्बरबाट यस बैंकको क्ष्ख्च् नम्बर ०१–५९७०१०० मा डायल गरिसकेपछि ग्राहक महानुभावहरुको सहयोगका लागि भ्वाइस रेस्पोन्स प्राप्त हुनेछ र सोही भ्वाइस रेस्पोन्सको निर्देशन पालना गरी आफ्नो खाताको बारेमा जानकारीका साथै अन्य सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

आइभीआर सेवाको प्रयोगबाट ग्राहकले आफूलाई अनुकुल हुने समयमा आफ्नो खाताबारे जानकारी पाउन सक्नेछन् जसबाट समयको बचत हुनुका साथै सहज ढंगले आफ्नो खाताको बारेमा निरन्तर अद्यावधिक जानकारी प्राप्त गर्न सक्नेछन् ।

यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट आम ग्राहकवर्ग धेरै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

साथै आगामी दिनहरुमा यो सेवालाई अझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउने प्रतिबद्धता पनि बैंकले जनाएको छ ।

२०७६ पुस ०७ गते प्रकाशित

वि.सं.२०७६ पुस ७ सोमवार १३:२३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...