काठमाडौं । मंगलवार नेप्सेमा ४ लाख कित्ता सेयर सूचीकृत भएको छ । एभरेष्ट बैंकको ४ लाख कित्ता सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको अग्राधिकार सेयर साधारण सेयरमा परिवर्तन भएपछि त्यसलाई नेप्सेमा सूचीकरण गराइएको हो । एभरेष्ट बैंकले कुल जारी गरेको ७५ अग्राधिकार सेयर मध्येबाट प्रत्येक ३ वर्षमा २०५ का दरले साधारण सेयरमा परिवर्तन गर्नुपर्छ ।
सोही अनुसार साधारणमा परिवर्तन परिर्वतन भएको सेयर सूचीकृत भएको हो ।
२०७६ पुस ०८ गते प्रकाशित
वि.सं.२०७६ पुस ८ मंगलवार २०:२७ मा प्रकाशित