काठमाडौं । ग्लोबल आईएमई बैंकले देशका विभिन्न ठाउँमा रहेका २९ शाखा खारेज गरेको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक एक आपसमा गाभिएपछि शाखा कार्यालय दोहोरीएका ठाउँमा शाखाहरु खारेज गरेको हो ।
खारेज हुनेभध्ये साविकको आइएमई बैंकका २९ र जनता बैंकका १० शाखा छन् । मर्ज भएर एकीकृत कारोबार हुन थालेपछि कारोबार सञ्चालन निरन्तरता नदिइएको बैंकले जनाएको छ ।
ग्लोबलले बैंकिङ कार्यालय सञ्चालन भइरहेका ति कार्यालयहरु बिक्री गर्न प्रकृया शुरु गरेको छ । तयारी अबस्थाका कार्यालयमा रहेका आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरु क्रिीका लागि प्रकृया अगाडी बढाएको बैंकले जनाएको छ ।
बैंकका खारेज हुने कार्यालयहरू :
२०७६ पुस ०९ गते प्रकाशित
वि.सं.२०७६ पुस ९ बुधवार १०:०३ मा प्रकाशित