back
NMB ad

घरजग्गा मूल्य सूचकांक निर्माण गर्न राष्ट्र बैंकले थाल्यो अध्ययन, छनोटमा २० जिल्ला

Kumari bank ad

काठमाडौं । घरजग्गा मूल्य सूचकांक निर्माण गर्न राष्ट्र बैंकले अध्ययन थालेको छ । घरजग्गाको मूल्यमा भइरहने उतारचढावलाई प्रतिविम्बित गर्न राष्ट्र बैंकले सूचकांक निर्माण गर्न लागेको हो ।

धितोपत्र बजारको अवस्था प्रतिविम्बित गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ज्यालादरको उतारचढाव मूल्यांकन गर्न ज्याला सूचकांक भए जस्तै घरजग्गा कारोबारमा हुने उतारचढाव प्रतिनिधित्व गर्न घरजग्गा मूल्य सूचकांक बनाउन लागिएको हो । हाल नेपालमा यस्तो सूचकांक छैन ।

राष्ट्र बैंकले गत वर्षदेखि नै घरजग्गा सूचकांक निर्माणको तयारी थालेको थियो । ‘सूचकांक निर्माणका लागि गत वर्ष नीतिगत व्यवस्था तथा विधि प्रक्रिया तय गरियो,’ राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले भने, ‘अहिले घरजग्गा मूल्य सर्वेक्षण भइरहेको छ, यो वर्ष्भित्र अध्ययन पूरा गर्ने लक्ष्य छ ।’

मूल्यमा आएको उतारचढाव र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव मूल्यांकन गर्न सूचकांक सहयोगी हुने उनको भनाइ छ । ‘सूचकांकले मूल्य नियन्त्रणभन्दा पनि घरजग्गाको मूल्य प्रवृत्ति देखाउँछ,’ उनले भने, ‘सूचकांक घरजग्गा लगानीकर्ताका लागि लगानी निर्णय गर्न र त्यो क्षेत्रको मूल्य उतारचढावबारे जान्न उपयोगी हुन्छ ।’

मालपोतको तथ्यांकमा आधारित र बैंकहरूले कर्जा प्रवाह गर्दा आधार लिइएको घरजग्गा मूल्य सूचकांक गरी दुई वटा सूचकांक गणना गर्ने राष्ट्र बैंकको योजना छ । सूचकांक निर्माणका लागि तोकिएका २० वटा मालपोत कार्यालयको स्थलगत तथा अनलाइन सर्वेक्षणको काम सकिइसकेको छ ।

त्यसमा मुलुकभर बढी कारोबार हुने स्थान र हरेक प्रदेशमा दुइटा केन्द्र पर्ने गरी २० जिल्लाका मालपोत कार्यालय छानिएको छ । ‘बैंकिङ तथ्यांकमा आधारित घरजग्गा मूल्य सूचकांक निर्माणका लागि मालपोतको सर्वेक्षणबाट निर्धा्रित विभिन्न २० स्थानका ४० वटा वडाको सर्वेक्षण प्रक्रिया सुरु गरिएको छ,’ स्रोतले भन्यो, ‘यसका लागि बढी कारोबारको सघनता भएका तथा शाखा सञ्जाल बढी भएका छ वटा वाणिज्य बैंकको तथ्यांक लिइनेछ ।’ यसअन्तर्गत ०७५ साउन १ देखि पुस मसान्तसम्म घरजग्गाको धितोमा प्रवाह भएको कर्जाको वडाअनुसारको कर्जा विवरण खुल्ने गरी तथ्यांक संकलन गरी ‘सिस्टमेटिक स्याम्पप्लिङ’ मार्फत सूचकांक निर्माण गरिनेछ ।

‘यी दुवै सूचकांकमा घर भएको जग्गा तथा जग्गा मात्र गरी दुई वटा उपशीर्षकमा घरजग्गा मूल्य सूचकांक गणना गरिनेछ,’ स्रोतले भन्यो, ‘घरजग्गाको मूल्यमा प्रत्येक स्थानपिच्छे फरक हुने भएकाले बीचको मूल्य (मिडियन प्राइस) लिएर सूचकांक निर्माण गरिनेछ ।’ प्राप्त तथ्यांकका आधारमा सफ्टवेयर निर्माणसमेत भइरहेकाले छिट्टै सूचकांक गणना गरी प्रकाशन गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिमार्फत घरजग्गा मूल्य सूचकांक तयार गर्न सर्वेक्षण सुरु गर्ने घोषणा गरेको थियो । यो वर्षको मौद्रिक नीतिमा पनि यसलाई निरन्तरता दिइएको छ । सोहीअनुसार राष्ट्र बैंक अनुसन्धान विभागले काम थालेको हो । मुलुकभरका विभिन्न स्थानबाट घरजग्गाको मूल्य संकलन गरेर सूचकांक तयार पारिनेछ ।

सूचकांक निर्माणका लागि काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, झापा, मोरङ, बाँके, मकवानपुर, पर्सा, सुर्खेत, सल्यान, दाङ, कैलाली, कञ्चनपुर, बुटवल, पूर्वी नवलपरासी, सर्लाही, धनुषा र सुनसरी गरी २० जिल्ला छनोटमा परेका छन् । ती जिल्लाअन्तर्गतका विभिन्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र वडा कार्यालय गरी २४ हजार ९ सय ८३ वटा छनोट संख्या चयन गरिएको छ ।

‘घरजग्गाको मूल्य कता गइरहेको छ, अर्थतन्त्रको वृद्धिमा यसले प्रतिनिधित्व गर्छ कि गर्दैनलगायत जानकारी घरजग्गा मूल्य सूचकांकले दिन्छ,’ अर्थ्विद् केशव आचार्यले भने ।

सूचकांक लगानीकर्ता, नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी सबैका लागि उपयोगी हुने उनको दाबी छ । घरजग्गासँगै सम्पत्ति सूचकांक पनि तयार गर्न उनले सुझाए । (कान्तिपुर दैनिकबाट)

२०७६ पुस १३ गते प्रकाशित

वि.सं.२०७६ पुस १३ आइतवार १०:०९ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...