back
NMB ad

डिम्याट खाता खोल्नेको संख्या १६ लाख नाघ्यो, ४ अर्ब ९२ कित्ता सेयर डिम्याट

Kumari bank ad

काठमाडौं । सेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या १६ लाख नाघेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार १२ पुससम्ममा सञ्चालनमा रहेको हितग्राही (डिम्याट) खाताको संख्या १६ लाख २ हजार ८५६ पुगेको हो ।

हालसम्म करिब ५ अर्ब बढी कित्ता सेयर अभौतिकीकरण (डिम्याट) भइसकेका छन् । सेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरूको संख्या पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

सीडीएस एन्ड क्लियरिङले देशभर आफ्नो सेवा विस्तार गर्दै मेरो सेयर एप्लिकेसनमार्फत पनि लगानीकर्ताहरूको सेयरमा सहज पहुँच स्थापना गरेको जनाएको छ ।

सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या विगतको तुलनामा केही घटेको बताए ।

उनले भने, ‘यसअघि लगानीकर्ताहरू अनिवार्य रूपमा हितग्राही (डिम्याट) खाता खोल्नैपर्छ भन्ने व्यवस्था गिरिँदा धमाधम लगानीकर्ताले खाता खोल्ने र बिस्तारै अधिकांश लगानीकर्ता सहभागी भइसकेपछि अहिले हितग्राही खाता खोल्नेको संख्या घटेको छ ।’

एकै व्यक्तिले दुईवटासम्म हितग्राही (डिम्याट) खाता सञ्चालन गर्नसक्ने व्यवस्थाअनुसार करिब दुई वा सोभन्दा बढी खाता हुनेहरूको संख्या ६ हजारभन्दा बढी रहेको सीडीएसीले जनाएको छ । बाँकी सबै वास्तविक लगानीकर्ता रहेको गुप्ताले बताए ।

केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)का अनुसार १२ पुससम्म २११ वटा कम्पनीका ४ अर्ब ९२ करोड ७९ लाख ७ हजार ५९९ कित्ता सेयर अभौतिकीकरण (डिम्याट) भइसकेको जनाएका छन् । २११ कम्पनीको सेयर रजिस्ट्रारको काम ६४ वटा संस्थाले गर्दै आएका छन् ।

सेयर प्रमाणपत्र डिजिटल भएपछि हराउने, आगलागी हुने, सेयर बिक्री गर्दा हस्ताक्षर भेरिफिकेसन लगायतका समस्या समाधान भएको पनि सीडीएससी जनाएको छ । डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक खातावालाले वार्षिक सय रुपैयाँ नवीकरण शुल्क तिनुपर्ने व्यवस्था रहेको छ ।

साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता निक्षेप सदस्यले नवीकरण नगरेसम्मका लागि रोक्कासमेत गर्न सकिने व्यवस्था छ ।

नेपाल धितोपत्र बोर्डले देशभरि धितोपत्र बजार विस्तार गर्ने र जनसहभागिता बढाउनका लागि एक नेपाली, एक डिम्याट खाता अभियान सञ्चालन गर्ने नीति लिएको थियो ।

यही नीतिलाई सार्थक बनाउन कतिपय निक्षेप सदस्यले निःशुल्क डिम्याट खाता खोल्नुका साथै एकवर्षको वार्षिक शुल्कसमेत निःशुल्क गरेका छन् ।

जसले पनि डिम्याट खातावालाको संख्या बढेको गुप्ताले बताए । नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट सेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि सेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक सेयर कारोबार थालेको थियो । १ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट सेयर मात्र कारोबार हुँदै आएको छ ।

सीडीएस एन्ड क्लियरिङमा निक्षेप सदस्य (डीपी सेवा) संख्या ७३ पुगेको छ भने मेरो सेयरमा आबद्ध निक्षेप सदस्य संस्थाहरूको संख्या पनि ७३ रहेको छ ।

आस्बा प्रणालीमा आबद्ध भएर सी–आस्बा सेवा प्रदान गर्ने कम्पनीको संख्या ६४ वटा रहेको छ । सेयर कारोबारका लागि ५० वटा सेयर दलाल सदस्यहरूले राफसाफ सदस्यका रूपमा काम गर्दै आएका छन् ।

सञ्चालनमा रहेका ५० वटा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) र तीनका शाखा कार्यालयमार्फत अनलाइन र परम्परागत दुवै तरिकाबाट अहिले सेयर कारोबार हुँदै आएको छ । (राजधानी दैनिकबाट)

२०७६ पुुुस १३ गते प्रकाशित

वि.सं.२०७६ पुस १३ आइतवार १०:३१ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...