काठमाडौं । कृषि विकास बैंक र नेपाल बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कृषि विकास बैंकको ६ प्रतिशत बोनस सेयरपछिको मूल्य ३९३ रुपैयाँ ४० पैसा कायम भएको छ ।
नेपाल बैंकको १५ प्रतिशत बोनस सेयरपछिको भाउ नेप्सेले २७५ रुपैयाँ ६५ पैसा तोकेको छ । आइतबार यही मूल्यलाई आधार मानेर दुवै बैंकको कारोबार खुल्नेछ ।
बैंकले सधारण सभा प्रयोजनका लागि पुस १३ गते आइतबारदेखि बुक क्लोज गरेका हुन् ।
२०७६ पुुुस १३ गते प्रकाशित
वि.सं.२०७६ पुस १३ आइतवार १०:४४ मा प्रकाशित