back
NMB ad

पुस १५ र १६ गते सार्वजनिक विदा

Kumari bank ad

काठमाडौं । पुस १५ र १६ गतेका दिन सार्वजनिक विदा दिएको छ । एक सूचना निकाल्दै संखुवासभाको सिलिचोङ गाउँपालिकाले कुलुङ जातीको प्रमुख पर्व मिनारी दाचाम निङ्दोङ चाक्चाकुरको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

कुलुङ जातिहरुको बाहुल्य रहेको सिलिचोङ गाउँपालिमा पुष १५ र १६ गते सार्वजनिक विदा दिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको पुस १३ गते बसेको कार्यपालिका बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राम कुलुङले जानकारी दिए ।

कार्यपालिका बैठकले दुई दिन गाउँपालिका भित्रका सरकारी कार्यालय र शिक्षण संस्थाहरु बन्द हुने गाउँपालिका अध्यक्ष कुलुङले बताए ।

गाउँपालिकाले विदा दिने निर्णय गरेसँगै गाउँपालिकाले सार्वजनिक सुचना सार्वजनिक गरेको छ । गाउँपालिकाले गत बर्ष पनि दुई दिन सार्वजनिक विदा दिएको थियो ।

पुस १५ बाट नयाँ बर्ष सुरुवात हुने कुलुङ समुदायको भनाइ छ । कुलुङ समुदायले प्रत्येक बर्षको पुस १५, १६ र १७ गते चाक्चाकुर पर्व मनाउदै गरेका छन् ।

कुलुङ समुदायले यस चार्डलाई मिनारी दाचाम चासुम् भनिए पनि चाक्चाकुर महिनामा यो पर्व पर्ने भएकोले यसलाई चाक्चाकुर भनिने गरेको छ । कुलुङ परम्परा र मान्यता अनुसार पौष महिनालाई चाक्चाकुर भनिन्छ ।

२०७६ पुस १४ गते प्रकाशित

वि.सं.२०७६ पुस १४ सोमवार १७:२२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...