back
NMB ad

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि नयाँ नियुक्ती प्रक्रिया अन्तिम चरण, को होला ?

Kumari bank ad

काठमाडौं । गत कात्तिक महीनादेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि नयाँ नियुक्ती प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

सोमवार अर्थमन्त्रालयद्वारा गठित छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा भीष्मराज ढुंगाना, निरज गिरी र केशव श्रेष्ठ रहेका छन् ।

अर्थ मन्त्रालयले कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार पफुँयालको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । उक्त समितिले सोमवार सर्ट्लिष्टमा परेका पाँच जनाको अन्तरवार्तापछि तीन जनाको नाम सिफारिस गरेको हो ।

आवेदकहरुको व्यक्तिगत विवरण, कार्यानुभवको र कार्यपत्र प्रस्तुतीको आधारमा उत्कृष्ट तीन जनाको नाम सिफारिस गरिएको संयोजक फुयालले जानकारी दिए । उनका अनुसार अव यी तीन जना मध्येबाट सरकारले एक जना छनोट गर्नेछ ।

बोर्डको अध्यक्ष पदका लागि अर्थ मन्त्रालयले गत मंसिर ६ गते सार्वजनिक सूचना मार्फत आवेदन माग गरेको थियो । अध्यक्षको लागि भीष्मराज ढुंगाना, निरज गिरी, केशव श्रेष्ठ, सिताराम थपलिया, नवराज अधिकारी, नरेन्द्र सिजापति, निल सारु मगर र डा बलराम पाठकले उमेदवारी दिएका थिए ।

छनोट समितिले पहिलो चरणमा पाँच जनाको नाम सर्ट्लिष्ट गरेको थियो । जसमा भीष्मराज ढुंगाना, निरज गिरी, केशव श्रेष्ठ, सिताराम थपलिया र नवराज अधिकारीको नाम परेको थियो ।

२०७६ पुस १५ गते प्रकाशित

वि.सं.२०७६ पुस १५ मंगलवार १४:११ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...