काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनीहरुले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, निर्धन उत्थान लघुवित्त र चौतारी लघुवित्तले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको हो ।
चौतारी लघुवित्तले मंसिर २१ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाएको हो ।
लघुवित्तको गत पुस ९ गते सम्पन्न लघुवित्तको साधारण सभाले १०.८९ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
त्यसैगरी, निर्धन उत्थानले गत मंसिर २९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा १५.५३ प्रतिशत नगद लाभांश पठाएको हो ।
पुस १३ गते सम्पन्न लघुवित्तको २१ औँ वार्षिक साधारण सभाले २५ प्रतिशत बोनस र १५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यी दुबै लघुवित्तहरुको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
गत पुस ११ गते २५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले पनि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ ।
सो सभाले २.३५ प्रतिशत बोनस र १०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।फाइनान्सले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा १०.६५ प्रतिशत नगद लाभांश पुस १४ गतेदेखि नै जम्मा गर्न थालेको थियो । फाइनान्सको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
२०७६ पुुस १८ गते प्रकाशित
वि.सं.२०७६ पुस १८ शुक्रवार १०:१७ मा प्रकाशित