back
NMB ad

पोखरा फाइनान्सको १४.२०% लाभांश पारित

Kumari bank ad

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा शुक्रवार पोखरामा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७५/ ७६ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट प्रतिशेयर ७ प्रतिशतका दरले बोनस शेयर र प्रतिशेयर ७ दशमलव २० प्रतिशतका दरले नगद लाभांश गरी कुल १४ दशमलव २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. ९१ दशमलव ७२ करोड पुग्ने छ  । सोही सभाले सर्वसाधारण शेयरधनीसमुहबाट प्रेम बहादुर थापा, डा दिपेन्द्र कुमार गौतम र श्री कृष्ण बहादुर गुरुङलाई आगामी चार वर्षको लागि सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

यसैगरी सभाले आव २०७६/ ७७को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक  तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/ गाभिने(मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्यगर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत  रविचन्द्र गुरुङले बताए ।

आगामी दिनमा आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिदैं ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि कम्पनीले बताएको छ ।

२०७६ पुुस १८ गते प्रकाशित

वि.सं.२०७६ पुस १८ शुक्रवार १६:४२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...