back
NMB ad

राष्ट्र बैंकका उच्च अधिकारी र बैंकका सीइओ पोखरामा भेला हुँदै

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकका प्रतिनिधिहरुलाई र राष्ट्र बैंकका विभागिय प्रमुख र अधिकृतहरुलाई पोखरामा भेला गराउने भएको ।

राष्ट्र बैंकले हालै ल्याएको सिस्टम सुपरभाइजरी इन्फरमेसन सिस्टम (एसआइएस) को तालिम दिनका लागि शनिबार पोखरामा भेला बोलाएको हो ।

राष्ट्र बैंकले विभागीय रिपोर्टिङ सिस्टमलाई सहज बनाउन ल्याएको उक्त सिस्टम अहिले वाणिज्य बैंकहरुमा पाइलट टेस्टिङ गराइरहेको छ ।

पाइलट टेस्टिङ पुस २३ गतेसम्म वाणिज्य बैंकहरुमा मात्र गरिने राष्ट्र बैंकले जनाएको छ । पाइलट टेस्ट सकिएपछि एसआइएस सिस्टम सबै बैंक तथा वित्तीय संस्थामा लागू हुनेछ ।

हाल बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको विभिन्न विभागमा छुट्टाछुट्टै रिपोर्ट गर्दै आएका छन् । यो सिस्टम लागू भएपछि बैंक तथा वित्तीय संस्थाले छुट्टाछुट्टै रिपोर्ट गर्नु पर्दैन ।

सो सिस्टममा आफ्नो कारोबारको वा अन्य विवरण अपलोड गरिदिएपछि राष्ट्र बैंकका सबै विभाग आफ्नो आवश्यकता अनुसार आफै विवरण लिनेछन् ।

आफ्ना विभागिय अधिकारी र बैंक तथा वित्तीय संस्थाका सीइओ र प्रतिनिधिहरुलाई एसआइएस सिस्टमको रिपोर्टिङ सिस्टममा काम गर्न तरिकाबारे पोखरामा तालिम दिन लागेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

२०७६ पुुस १८ गते प्रकाशित

वि.सं.२०७६ पुस १८ शुक्रवार १६:३७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...