back
NMB ad

एनएमबी बैंकको उच्च प्राथमिकतामा यी चार क्षेत्र : यसकारण गर्दै छ ऋण लगानी

Kumari bank ad

काठमाडौं । एनएमबी बैङ्कले चार ओटा क्षेत्रलाई प्रथामिकतामा राखेर ऋण लगानी गर्ने भएको छ । बैङ्कले उर्जा, पर्यटन, कृषि र शिक्षा क्षेत्रलाई उच्च प्राथामिकतामा राखेर ऋण लगानी गर्ने भएको हो ।

‘नेपालमा यी चार ओटा क्षेत्रमा अत्यधिक सम्भावना भएकाले बैङ्कले त्यतातिर फोकस गर्न लागेको हो,’ प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, ‘यी क्षेत्रमा लगानी गर्दा देशको व्यापार घाटा कम हुने, पुँजी विदेशतिर नजाने, युवाहरु पनि स्वरोजगार हुन्छन् ।’

उनका अनुसार कुन प्रदेशमा के सम्भावना छ भनेर प्रदेश–प्रदेशमा रहेको बैङ्कका शाखाले पनि अध्ययन गरिरहेको छ । ‘प्रत्येक प्रदेशमा फरक फरक सम्भावना छन,’उनले भने, ‘पहिला ती सम्भावनाको पहिचान गरेर लगानी गरिन्छ ।’

घरेलु तथा साना उद्योगमा पनि बैङ्कले लगानी गर्ने छ । त्यसबाहेक प्राथामिकता क्षेत्रमा सबैभन्दा बढी फोकस गरेर जाने उनको भनाइ छ । बैङ्कले तय गरेका लगानीका क्षेत्रमा अहिले पनि धेर थोर लगानी भएको छ । तर, अब व्यापक रुपमा लगानी बढाउने बैङ्कले जनाएको छ ।

उर्जा : नेपालमा उर्जा अत्यन्तै सम्भावनायुक्त लगानीको क्षेत्र हो । जहा, एनएमबीले अहिले पनि व्यापक लगानी गरिरहेका छौं । उर्जामा लगानी बैङ्कहरुमध्ये हामी लिडिङ बैङ्क नै हो ।

पर्यटन : नेपाल पर्यटनका हिसाव पनि अत्यन्तै सम्भावना भएको क्षेत्र हो । सम्भावना हुँदाहुँदै पनि अझै पनि बाहिर आउन नसकेको क्षेत्र हो । यो क्षेत्रमा लगानी गर्नका लागि हामी तयारीमा जुटेका छौं ।

कृषि : नेपालमा सम्भावना भनिएको भए पनि धेरै लगानी हुन नसकेको कृषि क्षेत्रमा हामी गइरहेको छ । यो क्षेत्रमा अलि बढी जोखिम मोलेर बैङ्कले लगानी गर्ने तयारी गरेको छ ।

शिक्षा : शिक्षामा पनि एनएमबीले लगानी गर्ने सोच बनाएको छ । यो क्षेत्र पनि नेपालका लागि अत्यन्तै सम्भावना भएको तर, यसमा खासै कसैले ध्यान नदिएको पाइएकाले बैङ्कले त्यतातिर आफ्नो ध्यान केन्द्रीत गरेको हो ।

२०७६ पुस २० गते प्रकाशित

वि.सं.२०७६ पुस २० आइतवार १७:२३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...