काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा आज ठूलो गोलभेँडा र भिण्डीको भाउ बढेको छ ।सोमबारको तुलनामा आज मंगलबार भिण्डी २० रुपैयाँले बढेको छ ।
यस्तै, ठूलो गोलभेँडा १० रुपैयाँले बढेर प्रतिकिलो ८५ देखि ९० रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
सानो गोलभेँडा ३५ देखि ४०, रातो आलु ४८ देखि ५०, भारतीय सुकेको प्याज १२५ देखि १३० र चाइनिज सुकेको प्याज ९५ देखि १०० रुपैयाँ प्रतिकिलो कायम भएको समितिले जानकारी दिएको छ ।
यस्तै, गाजर ६० देखि ६५, बन्दा ४५ देखि ५०, स्थानीय काउली ६५ देखि ७० र भण्टा ७५ देखि ८० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ।
२०७६ पुस २२ गते प्रकाशित
वि.सं.२०७६ पुस २२ मंगलवार ०९:३४ मा प्रकाशित