back
NMB ad

साताको अन्तिम दिन सेयर बजारमा सामान्य वृद्धि

Kumari bank ad

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । बुधबार ७ अंकले घटेको बजार बिहीबार ३.५१ अंक बढेको छ । बिहीबार नेप्से परिसुचक बढेर १ हजार २१३ अंकमा पुगेको छ ।

बिहीबार ८३ करोड ७० लाख रुपैयाँको बराबरको ३८ लाख ४९ हजार ७२२ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी सिभिल बैंकको प्रमोटर सेयर किनबेच भएको छ ।

संस्थापक लगानीकर्ता इच्छाराज तामाङले सेयर बिक्री गरेका हुन । प्रतिकित्ता १०० रुपैयाँमा २० करोड १८ लाख ६६ हजार रुपैयाँको प्रमोटर सेयर किनबेच भएको छ ।

यस्तै ग्रामिण लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिकित्ता ३६५ रुपैयाँमा २ करोड ३६ लाख र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ९५७ रुपैयाँमा २ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बिहीबार व्यापार, विकास बैंक, बीमा र लघुवित्तको सेयर मूल्य बढेको छ भने बैंक, जलविद्युत, उत्पादनमुलक क्षेत्रको घटेको छ । स्वावलम्बन, समता र घोडाघोडीलगायत १० ओटा लघुवित्त संस्थाका लगानीकर्ताले कमाएका छन ।

२०७६ पुस २४ गते प्रकाशित

वि.सं.२०७६ पुस २४ बिहीवार १५:२४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...