back
NMB ad

बैंकलाई यथाशीघ्र ब्रोकर लाइसेन्स दिन दबाब

Kumari bank ad

काठमाडौं । नेपाल बैंकर्स संघले जतिसक्दो चाँडो बैंकहरूलाई धितोपत्र ब्रोकर लाइसेन्स प्रदान गर्ने व्यवस्था मिलाउन संघीय संसद्को अर्थ समितिअन्तर्गतको पूँजीबजार तथा मुद्राबजारसम्बन्धी अध्ययन समितिलाई अनुरोध गरेको छ ।

संघले बंैकहरूलाई ब्रोकर लाइसेन्स प्रदान गर्नु उचित भएको बताउँदै शुक्रवार उपसमितिलाई आवश्यक समन्वय गर्न पत्राचार पनि गरेको छ ।

धितोपत्र कारोबारलाई सहज रूपमा हरेक नागरिकको पहुँचमा र्पुयाउन बैंकहरू उपयुक्त माध्यम हुने संघको दाबी छ । सरकारकै नीतिअनुरूप बैंकहरूले सहायक कम्पनी खोलेको सन्दर्भमा जतिसक्दो चाँडो बैंकलाई ब्रोकर लाइसेन्स दिएर पूँजीबजारको विस्तारमा जोड दिनुपर्ने संघका अध्यक्ष भुवन दाहालले बताए ।

संघले पत्रमार्फत बैंकहरूलाई यस्तो लाइसेन्स दिनु उचित रहेको दाबी पनि गरेको छ । उपसमितिले गत पुस १३ गते बैंकर्स संघसँग यस विषयमा छलफल गरेको थियो । सो छलफलका आधारमा संघले बैंकलाई यस्तो लाइसेन्स दिनु उचित रहेको भन्दै आधारशिलाहरू पनि पेश गरेको छ ।

विशेषगरी बैंकलाई पनि ब्रोकर लाइसेन्स दिएपछि पूँजीबजार विस्तारमा सहयोग पुग्ने संघको भनाइ छ । अहिले बैंकहरूले दूरदराजका स्थानीय तहमा पनि शाखा खोलेको अवस्था छ, यस अवस्थामा बैंकलाई ब्रोकर लाइसेन्स दिँदा दूरदराजका नागरिकले पनि धितोपत्र कारोबार गर्न पाउने संघको दाबी छ ।

यस्तै, संघले धितोपत्र कारोबारसम्बन्धी सूचनाहरू पनि गोप्य राखिने बताएको छ । बैंकहरूले जनताको ३५ खर्ब रुपैयाँ सम्पत्ति व्यवस्थापन गरेको अवस्थामा त्यो पनि सम्भव रहेको संघको भनाइ छ । बैंकहरूमार्फत धितोपत्र कारोबार भएमा सुशासन अझ बढी सबल हुने संघले बताएको छ । साथै, यसमा कर्मचारीको व्यक्तिगत लाभ नहुँदा सुशासनका सम्बन्धमा कुनै समस्या नआउने संघको दाबी छ ।

अन्तरराष्ट्रिय बजारलाई हेर्ने हो भने पनि बाहिरी मुलुकका बैंकहरूले धितोपत्र ब्रोकरको रूपमा काम गर्दै आएका छन् । तसर्थ, बैंकलाई लाइसेन्स दिने विषयमा सम्झौता गर्न नहुने संघको भनाइ छ ।(आर्थिक अभियानबाट)

२०७६ पुस २७ गते प्रकाशित

वि.सं.२०७६ पुस २७ आइतवार ०८:५१ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...