back
NMB ad

बैंकको नाफा र कर्मचारीको तलबबारे अध्ययन गर्दै बैंकर्स संघ

Kumari bank ad

काठमाडौं । बैंकका कर्मचारीको तलब, नाफा र कर्जाको ब्याजदर बढी भएको टिप्पणी हुन थालेपछि नेपाल बैंकर्स संघले यसबारे अध्ययन गर्ने भएको छ ।

उक्त अध्ययनका लागि संघले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायको संयोजकत्वमा समिति पनि गठन गरेको छ ।

दक्षिण एशिया र अन्तरराष्ट्रिय बजारका बैंकले कर्मचारीलाई दिने सेवासुविधा, नाफालगायत अभ्याससँग नेपालको तुलना गरेर अध्ययन गरिने संघको भनाइ छ । संघका अध्यक्ष भुवन दाहालले अन्तरराष्ट्रिय बजारसँग तुलना गरेर यसको आवश्यकताबारे प्रस्ट्याउन पनि अध्ययन गर्न लागिएको बताए ।

‘बैंकका कर्मचारीको तलबबारे सञ्चारमाध्यममा समेत बहस हुन थाले । अर्थ मन्त्रालयको समेत यसमा चासो देखियो । त्यसैले यसको अध्ययन गर्न लागेका हौं,’ उनले भने, ‘कर्मचारीलाई राम्रो पारिश्रमिक, सेवासुविधा दिँदा संस्थाको काम चुस्त हुन्छ । भ्रष्टाचार हुँदैन र संस्थाकै उन्नति हुन्छ । बैंक मात्र होइन, अन्य संस्थामा पनि यस्तो अभ्यास हुनुपर्छ ।’

संघको बिहीवार भएको बैठकले उक्त अध्ययनका लागि समिति गठन गरेको हो । संघको नवनिर्वा्चित अध्यक्ष भुवल दाहालको अध्यक्षतामा भएको यो पहिलो बैठक हो । संघले आफ्नोे विधानलाई पुनःसंरचना गर्ने र बैंकिङ कसुर ऐनलाई संशोधन गर्ने पहल गर्न छुट्टाछुट्टै समिति गठन गरेको छ ।

विशेषगरी संघले बैंकिङ कसुरमा निर्दाेष व्यक्ति नफसून् भन्ने उद्देश्यले ऐन संशोधनको पहल गर्न लागेको हो । बैंक अफ काठमाण्डूको कमसल धितो प्रकरणमा सीईओ अजय श्रेष्ठजस्ता निर्दाेष व्यक्ति ऐनकै कारण फसेको संघको बुझाइ छ । ऐन संशोधनका लागि संघले राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ ।

अध्यक्ष दाहालले भने, ‘बैंकमा कुनै दोषी व्यक्ति छन् भने सजाय पाउनुपर्छ तर इमानदार र विश्वासिलो व्यक्तिलाई फसाउनु भएन । यसकारण ऐन संशोधन पहल गर्न लागिएको हो ।’ यसैगरी संघको विधान संशोधन गर्न नेपाल एसबीआई बैंकका सीईओ अनुकूल भटनागरको संयोजकत्वमा समिति गठन गरिएको छ । बैंकिङ क्षेत्रलाई थप सुधार गर्न, वित्तीय पहुँच बढाउन र संघलाई बलियो बनाउने गरी विधान संशोधन गर्न लागेको अध्यक्ष दाहालले बताए ।

करीब १ महीनाअघि निर्वा्चित भए पनि संघको नयाँ कार्यसमितिले पुस १९ गते पद ग्रहण गरेको थियो । संघको उपाध्यक्षमा नेपाल एसबीआई बैंकका अनुकूल भटनागर छन् भने सदस्यमा नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी, सनराइजका सीईओ जनक शर्मा पौड्याल, एनएमबीका सीईओ सुनील केसी, मेगाकी सीईओ अनुपमा खुन्जेली, एनसीसीका सीईओ रमेशराज अर्याल, सिभिलका सीईओ गोविन्द गुरुङ र माछापुच्छ«ेका सीईओ सुमन शर्मा छन् ।(आर्थिक अभियानबाट)

२०७६ पुस २७ गते प्रकाशित

वि.सं.२०७६ पुस २७ आइतवार ०८:३१ मा प्रकाशित

You can share this post!

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...