back
NMB ad

बैंकले यसकारण दिँदैनन् बिजुली बस किन्न ऋण !

Kumari bank ad

काठमाडौं । काठमाडौंमा बिजुली बस सञ्चालनमा ल्याएको सुन्दर यातायातले बैंकबाट ऋण नपाउँदा थप गाडी ल्याउने प्रक्रिया रोकिएको छ ।

विगत डेढ महिनादेखि बैंक धाउँदा पनि कुनै पनि बैंक विद्युतीय सवारी साधनमा लगानी गर्न तयार नभएकोले थप ५० वटा विद्युतीय गाडी ल्याउने प्रक्रिया रोकिएको सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए ।

‘ऋणको लागि जाँदा डिजेल गाडी किन्ने हो भने भोलि नै ऋण पास गछौं भन्नुहुन्छ तर विद्युतीय बसको लागि कोही तयार हुनुहुन्न,’ थापाले भने ।

नेपाल राष्ट्र बैंकले विद्युतीय बस खरिद गर्न ८० प्रतिशतसम्म ऋण दिन सक्ने निर्देशन दिए पनि ७० प्रतिशतमात्र माग्दा पनि नपाएको थापाको गुनासो छ ।

बैंकलाई विश्वास दिलाउन नसक्दा बैंकले कर्जा नदिएको हुनसक्ने बैंकर्स संघका अध्यक्ष भुवन दहालले बताए ।‘बैंकले जोखिम नभएको क्षेत्रमा लगानी गर्ने हो।

ऋणीले भरपर्दो आय स्रोत नदेखाई बैंकहरूले ऋण दिँदैनन,’ उनले भने, ‘नेपाल राष्ट्र बैंकले पनि विद्युतीय सवारी साधनको कारोबारमा प्रोत्साहन दिएको छ। बैंकहरूले पनि विद्युतीय गाडीको कारोबारमा कर्जा उपलब्ध गराइरहेका छन ।’

२०७६ पुस २८ गते प्रकाशित

वि.सं.२०७६ पुस २८ सोमवार १६:३७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...