back
NMB ad

मोबाइल मर्मतदेखि कुकसम्मका विभिन्न विधामा निःशुल्क तालिमको अवसर (सूचनासहित)

Kumari bank ad

काठमाण्डौ । तपाईं सीपमुलक तालिम लिन चाहनुहुन्छ, तर पैसा छैन भने चिन्ता नगर्नुहोस् । सरकारले एक हजारभन्दा बढीलाई निःशुल्क सीपमुलक तालिम दिने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले विभिन्न ७ विधामा १२ सय ४० जनालाई तालिम दिन लागेको हो ।

मोबाइल फोन मर्मत, मेशन, पलम्बर, वेटर वेट्रेस, कार्पेन्टर, हाउस किपिङ र कुकको लागि तालिम दिइने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानकाअनुसार झापा, काठमाण्डौ, रुपन्देही र सुर्खेतमा १ सय २० जनाको लागि मोबाइल मर्मतको तालिम दिइनेछ । यस्तै उदयपुर र दाङमा मेशन अर्थात मिस्त्री (घर निर्माणको)को लागि एकसय जना, झापा र सर्लाहीमा कार्पेन्टरको लागि एकसय जना, काठमाण्डौ र चितवनमा वेटररवेट्रेसको लागि १ सय ८० जनालाई तालिम दिइनेछ ।

उदयपुर, बारा, भक्तपुर, काठमाण्डौ र बाँकेमा दुई सय जनाको लागि प्लम्बरको तालिम दिइनेछ । सुनसरी, काठमाण्डौ, चितवन, कास्की र रुपन्देहीमा २ सय ८० जनाको लागि हाउस किपिङको तालिम सञ्चालन हुनेछ ।

यस्तै सुनसरी, काठमाण्डौ, रुपन्देही र कैलालीमा २ सय ६० जनाको लागि कुकको तालिम सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ । मेसन र कार्पेन्टरको लागि न्यूनतम योग्यता पाँच कक्षा र अरु सबै तालिमको लागि आठ कक्षा तोकिएको छ ।

तालिम लिन चाहनेले नेपाली नागरिकता र शैक्षिक योग्यताको प्रतिलिपि सहित माघको १३ गतेभित्र निवेदन दिइसक्नुपर्ने प्रतिष्ठानले जनाएको छ । अन्तवार्ता गरेर तालिमको लागि छनोट गरिने र तोकिएको ठाउँमा माघ २० गतेदेखि तालिम दिइनेछ ।

१८ देखि ३० वर्ष उमेर समूहका व्यक्तिले तालिममा सहभागी हुन सक्नेछन् । एकल महिला, अपाङ्गता भएका तथा द्वन्द्व पीडितको हकमा ४० वर्ष ननाघेको हुनुपर्छ । तालिम हुने जिल्लाका तोकिएका तालिम प्रदायक संस्थाले तालिम सञ्चालन गर्नेछन् ।

२०७६ पुस २८ गते प्रकाशित

वि.सं.२०७६ पुस २८ सोमवार १७:२४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...