back
NMB ad

सेयर बजार ७.४८ अङ्‌कले ओरालो लाग्यो

Kumari bank ad

काठमाडौं । पुँजी बजार मापक नेप्से साताको तेस्रो कारोबार दिन आज (मङ्गलबार) ७.४८ अङ्कले ओरालो लागेको छ । आज जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी ५१.६६ अङ्कले घट्न पुग्यो ।

साथै, निर्जीवन बिमा कम्पनी समूहको सूचक पनि ४८.८ अङ्कले र बैंकिङ समूहको सूचक १०.३६ अङ्कले घट्न पुग्यो । उक्त दिन कूल १२ समूहमध्ये ५ समूह (टेड्रिङ, अन्य, फाइनान्स, विकास बैंक र होटल समूह) को सूचक बढेको छ भने ७ समूहको सूचक घट्न पुग्यो।

नेप्से घटेर १२६३.३८ अङ्कमा आइपुगेको छ । उक्त दिन १ अर्ब २ करोड ६४ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो। यो अघिल्लो दिन भन्दा निकै कम हो । अघिल्लो दिन १ अर्ब ७० करोड ५० लाख ६० हजार रुपैयाँ बराबारको सेयर किनबेच भएको थियो ।

आज प्रभु बैंकको संस्थापक सेयर सबैभन्दा बढी ११ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रो बढी रकमको कारोबार नागरिक लगानी कोषको सेयर भएको छ। उक्त कोषको ७ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

तेस्रो बढी कारोबार हुनेमा एनआइसी एसिया बैंकको सेयर रहेको छ । उक्त बैंकको २ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

२०७६ पुस २९ गते प्रकाशित

वि.सं.२०७६ पुस २९ मंगलवार १५:३६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...