काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पुस २८ गते लिलामी शेयरको बाँडफाँट गरेको छ ।
कम्पनीले संस्थापक समूहतर्फको ८४ हजार ५९८ कित्ता तथा सर्वसाधारण समूहको ११ हजार १४० कित्ता शेयरको लागि पुस ११ गतेदेखि २२ गतेसम्म बोलपत्र खरीद गर्न आव्हान गरेको थियो ।
साथै, बाँडफाँटमा नपरेको शेयर बापतको रकम कम्पनीले आईपीएस मार्फत आवेदकले उल्लेख गरेको बैंक खातामा माघ २ गतेदेखि फिर्ता गर्ने भएको छ ।
फारममा बैंक खाता उल्लेख नगरेका शेयरधनीको हकमा A/C Payee चेक मार्फत उक्त रकम फिर्ता गर्ने जानकारी दिएको छ । कम्पनीको विक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
२०७६ माघ ०१ गते प्रकाशित
वि.सं.२०७६ माघ १ बुधवार ०९:३८ मा प्रकाशित