back
NMB ad

बैंकबाट सहुलियत ऋण लिनै मुस्किल

Kumari bank ad

काठमाडौं । सरकारले घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्न सहुलियत कर्जा ब्याज अनुदान दिएको भए तापनि उद्यमीले बैंक सहुलियत कर्जा ऋण लिन सकेका छैनन् ।

बैंकमा सहुलियत ऋण लिन जाँदा बैंकले विभिन्न बाहना बनाएर फर्काउने गरेको उद्यमीको गुनासो छ । सरकारले घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्य्विधिसमेत बनाएको छ ।

सो कार्य्विधि २०७५ मा महिला उद्यमशील कर्जा १५ लाख रुपैयाँसम्म ५ वर्षका लागि अनुदानको व्यवस्था गरेको छ । तर, सो कर्जा लिन उद्यमीलाई धेरै सकस हुने गरेकोउद्यमी बताउँछन् ।

सरकारले सहुलियत कर्जा अनुदान महिला उद्यमीलाई ६ प्रतिशत ब्याज अनुदानदिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष उमेशप्रसाद सिंहले उद्यमीलाई सहुलियत कर्जा लिन सहज गर्न नेपाल राष्ट्रिय वाणिज्य बैंकका सबै शाखासँग महासंघले सम्झौता गरेको बताए ।

सहुलियत कर्जाका लागि नेपाल राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको भए पनि उद्यमीलाई कर्जा लिन सहज नभएको उनले बताए ।

विभिन्न बाहानामा बैंकले कर्जाका फाइलहरू रोक्ने गरेको उपाध्यक्ष सिंहको भनाइ छ । महासंघले कर्जाका लागि हालसम्म ३० वटा फाइल पठाएको छ तर कर्जा लिन सकेको छैन ।

जुत्ता चप्पल उद्यमी तथा नेपाल घरेलु तथा साना उद्योग महासंघकी सचिव प्रमिला बस्नेत भन्छिन, ‘सरकारले घरेलु तथा साना उद्योगलाई प्रोत्साहनका लागि नीतिनियम ल्याए पनि कार्यन्वयनमा समस्या छ ।’ सरकारले ५ वर्षका लागि १५ लाख रुपैयाँ ६ प्रतिशतमा सहुलियत अनुदान कर्जा दिए पनि बैंकले दिन आनाकानी गर्ने गरेको उनको गुनासो छ ।

उद्यमी बैंकमा सहुलियत कर्जा लिन जाँदा अनावश्यक कागजपत्र माग र फाइल एकै ठाउँमा महिना दिनसम्म राख्ने र दुःख दिने काम भएको उनी बताउँछन् ।

सहुलियत ऋणका लागि समूहमा जाँदा पनि सहज नभएको उनको तर्क छ । उनी भन्छिन,‘ उद्यमीलाई बैंकबाट सहजै ऋण पाउन सरकारसँग दिगो योजना छैन ।’

बस्नेतका अनुसार पछिल्लो समय धेरैजसो घरेलु उद्योग कागजी रूपमा बन्द नभए पनि सञ्चालन नभएको अवस्थामा छन् । त्यस्ता उद्योग कागजमा मात्र सीमित छन् । दोहोर कर लाग्ने हुँदा उद्यमीले उद्योग सञ्चालन गर्न सकेका छैनन् । (राजधानी दैनिकबाट)

२०७६ माघ ०२ गते प्रकाशित

वि.सं.२०७६ माघ २ बिहीवार ०८:४१ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...