back
NMB ad

अहिलेसम्मकै ठुलो आइपिओ जारी गर्दै इन्फ्रास्ट्रचर बैंक, विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

Kumari bank ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ

कम्पनीले रू.८ अर्ब बराबरको रू.१०० अंकित दरको ८ करोड कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न विक्री प्रवन्धक नियुक्त गरेको हो ।

शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव –महाप्रबन्धक बिनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव –प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे ।

नेपाल इन्फ्रास्ट्रचर बैंक लिमिटेड नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो । उक्त बैंकले निष्काशन ग र्न लागेको आईपीओ हालसम्मकै नेपालको ठूलो सार्वजनिक निष्काशन हुनेछ ।

उक्त कम्पनीको अधिकृतपूँजी रू.४० अर्ब, जारीपूँजी रू.२०अर्ब र चुक्तापूँजी रू.१२ अर्ब रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पछि बैंकको चुक्तापूँजी रू.२० अर्ब हुनेछ ।

विसं २०७५मा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई स्थापना भएको उक्त कम्पनीले गत वर्षको माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृती प्राप्त गरीे गत वर्षकै फागुन २२ गतेदेखि बैंकिङ्ग कारोबार शुरुवात गरेको थियो ।

२०७६ माघ ०२ गते प्रकाशित

वि.सं.२०७६ माघ २ बिहीवार १७:११ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...