back
NMB ad

क्रियाशील दलित पत्रकार संघ सर्लाहीको प्रथम जिल्ला भेला सम्पन्न

Kumari bank ad

काठमाडौं । सर्लाहीका विभिन्न संचार माध्यममा आवद्ध रहेर क्रियाशील रहेका दलित पत्रकारहरुको प्रथम जिल्ला भेला लालबन्दीमा सम्पन्न भएको छ ।

पत्रकार सोम दियालीको अध्यक्षता तथा ईश्वपुर नगरपालिका वडा नम्बर १२ की निर्वा्चित वडा सदस्य जूना परियारको प्रमुख आतिथ्यतामा लालबन्दी स्थित नमस्ते होटलको सभाहलमा भेला सम्पन्न भएकोे हो ।

भेलाले उमेश विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा शान्ता रिमाल, सचिवमा अम्बिका बुढाथोकी विश्वकर्मा, कोषाध्यक्षमा राज विक, सदस्यहरुमा क्रमशः पचु माझी, हरिनन्दन पासवान, विजय विक, धिरज विक र दिपक विक चयन भएका छन् ।

त्यस्तै भेलाले पत्रकार सोम दियालीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति समेत बनाएको छ । समितिको सदस्यहरुमा मदन विश्वकर्मा र जूना परियार रहनु भएको छ ।

भेलामा क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्य एवं आर्थिक अभियानमा कार्यरत दलित पत्रकार मिलन विश्वकर्मा, अकोरावका केन्द्रीय सदस्य एवं रेडियो मध्ये तराईका प्रवन्ध निर्देशक उमेश सुनार, राष्ट्रिय भूमि अधिकार मंचका २ नम्बर प्रदेश अध्यक्ष मदन विश्वकर्मा, नेपाली काँग्रेसका नेता सुरेन्द्र वहादुर प्रधान, निगरानी टुडे दैनिकका सम्पादक राकेश गुप्ता लगायतले दलित पत्रकारहरुले समाजमा रहेका विकृति, विसंगतिलाई चिरफार गर्दै समृद्ध समाज निर्माणमा उल्लेख्य भूमिका खेल्न सक्नु पर्ने बताएका छन् ।

साथै उनीहरुले नव गठित जिल्ला संघका पदाधिकारीहरुलाई बधाई सहित सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् । कार्यक्रमको संचालन क्षितिज विश्वकर्माले संचालन गरेका थिए ।

२०७६ माघ ०५ गते प्रकाशित

वि.सं.२०७६ माघ ५ आइतवार ०९:१२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...