back
NMB ad

सोनाम ल्होछारमा तीन दिन सार्वजनिक विदा

Kumari bank ad

काठमाडौं ।  माघ १०, ११ र १२ गते सोनाम ल्होछारका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । काभ्रेको रोशी गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने भएको हो ।

संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताएका छन् ।

‘सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको छ’ उनले भने । उनका अनुसार ल्होछारका अवसरमा गाउँपालिकाका विभिन्न स्थानमा विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिनेछ ।

यसअघि, यही माघ १ गते रितिरिवाज, चाडपर्व तथा संस्कृतिको जगेर्ना गर्ने जनाउँदै माघे सङ्क्रान्ति (माघी पर्व)का अवसरमा पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा महाभारत र रोशी गाउँपालिकाले सार्वजनिक सूचनामार्फत सार्वजनिक विदा दिएका थिए ।

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले ल्होछारकै अवसरमा नमोबुद्ध नगरपालिकामा महोत्सवको आयोजना गरिने भएको छ ।

यही माघ ९ देखि १९ गतेसम्म भकुण्डेबेँसी चोकमा आयोजना गरिएको महोत्सवमा कृषि, पर्यटन प्रवद्र्धन तथा स्थानीय संस्कृति झल्कने कार्यक्रम आयोजना गरिएको नमोबुद्ध उद्योग बाणिज्य सङ्घका अध्यक्ष बसुनारायण श्रेष्ठले जानकारी दिए ।

यस्तै, नगरकोट नाल्दूम पर्यटन विकास समितिले पनि भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले ल्होछारकै अवसरमा माघ १० गतेदेखि तीनदिन पर्यटकीयस्थल नगरकोटमा महोत्सव आयोजना गरी स्थानीय लोपोन्मुख बाजा, नाचगान तथा पहिचानलाई प्रदर्शन एवम् खानाका परिकारका माध्यमबाट पर्यटकलाई आकर्षण गर्ने योजना बनाएको छ । (रासस)

२०७६ माघ ०५ गते प्रकाशित

वि.सं.२०७६ माघ ५ आइतवार १२:२४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...