back
NMB ad

नेप्सेमा साढे २६ अंकको गिरावट : यसकारण देखायो सेयर बजारले रातो रङ !

Kumari bank ad

काठमाडौं । सोमवार नेप्से परिसूचक घटेर बन्द भएको छ । आइतवार ३३ दशमलव ४३ अंक बढेर बन्द भएको परिसूचक यस दिन भने २६ दशमलव ५४ अंक घटेर १ हजार ३१७ दशमलव ११ विन्दुमा पुगेर बन्द भएको हो ।

यस दिन १ हजार ३४२ दशमलव ७० विन्दुबाट शुरु भएको कारोबारको पहिलो १५ मिनेटको समयमा बढेर १ हजार ३५९ को विन्दु सम्म पुगेको थियो । सो विन्दुपछि विक्रीकर्ताहरु हावी हुँदा नेप्से परिसूचक ओरालो लागेको हो ।विश्लेषकहरू निरन्तर सूचक बढेका कारण ’करेक्सन’ आएको बताउँछन

गत कारोबार दिनदेखि उकालो लागेको बजारको फाइदा अल्पकालिन लगानीकर्ताहरुले उठाएका छन् । सोमवार कारोबारमा आएका १२ समूहकै परिसूचक घटेर बन्द हुँदा समग्र नेप्से परिसूचक १ दशमलव ९८ प्रतिशत घट्न पुगेको छ ।

कारोबार अवधिभर व्यापार समूहको परिसूचक सर्वाधिक ६ दशमलव ३४ प्रतिशत घटेको छ । यस्तै होटल, जलविद्युत् र वित्त समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ ।

विकास बैंक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेका छन् भने बैंकिङ, ‘अन्य’ र म्युचुअल फन्ड समूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

सोमवार १ अर्ब ९७ करोडको कारोबार

घटेर बन्द भएको बजारमा कारोबार अवधिभर रू.१ अर्ब ९७ करोड ३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।यो अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ७६ प्रतिशत घटेको हो ।

गत कारोबार दिन आइतवार रू.२ अर्ब ९ करोड ८ लाख रकम बराबरको कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स यस दिन ४ दशमलव ८६ अंक घटेर २८३ दशमलव ५३ विन्दुमा पुगेर बन्द भएको छ ।

चार कम्पनीको शेयरमूल्यमा सर्किट 

सोमवारको कारोबारमा चार कम्पनीको शेयरमूल्य सर्वा्धिक बढेर कारोबार हुँदा सर्किट लागेको छ । शेयरमूल्य बढेर सकारात्मक सर्किट लाग्नेमा मल्टीपर्पस फिनांस र ग्लोबल आइएमई बैंक रहेका छन् भने शेयरमूल्य घटेर नकारात्मक सर्किट लाग्नेमा पाँचथर पावर कम्पनी र पोखरा फाइनान्स रहेका छन् ।

ग्लोबल आइएमई बैंकको मर्जर पश्चात सोमवार देखि २५२ दशमलव ४७ रुपैयाँमा पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज खोलेको थियो ।

हिमालयन डिस्टिरलीको सर्वा्धिक कारोबार

सोमवार हिमालयन डिस्टिलरीको सर्वा्धिक शेयर कारोबार भएको छ । कम्पनीको १ लाख ६३ हजार १२५ कित्ता शेयरको खरीदविक्री हुँदा रू.२० करोड ९२ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू.१ हजार २८० कायम छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा नेपाल क्रेडिट एण्ड कमर्शियल बैंकको रू.१३ करोड ३२ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.२३३ मा सिमित रहेको छ ।

यस दिन कारोबारमा आएका १८२ कम्पनीमा १५ कम्पनीको शेयरमूल्य बढेको छ भने १६४ कम्पनीको घटेको छ । साथै ३ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

वि.सं.२०७६ माघ ६ सोमवार १६:४० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...