back
Mega Long Ad

एनआइसी एसिया बैंकको नाफा ६ महिनामै २ अर्ब बढी

काठमाडौं । एनआइसी एसिया बैंकको खुद नाफा ५० प्रतिशतले बढेर २ अर्ब एक करोड रुपैयाँ पुगेको छ। गत वर्ष खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ थियो ।

दोस्रो त्रैमासिकमा ऋण १५ अर्बले वृद्धि गरी १६५ अर्ब र्पुयाएको छ । बैंकले निक्षेप भने ६ अर्बले मात्र वृद्धि गरेको छ । बैंकको कुल निक्षेप १८६ अर्ब रूपैयाँ पुगेको छ ।

बैंकले कुल कर्जा लगानीको ७२ प्रतिशत साना तथा मझौला उद्यम क्षेत्रमा लगानी गरेको छ। प्राथमिकता क्षेत्रमा राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पूर्ण रूपले पालना गरेको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बैंकको उच्चतम १० ग्राहकहरुको कर्जा कुल ऋणको ५ प्रतिशतभन्दा कम छ । निक्षेपतर्फ पनि बैंक विविधिकरणको रणनीति अनुरूप अघि बढिरहेको विज्ञप्तिमा जनाइएको छ ।

बैंकको कल निक्षेप ९.४ प्रतिशत छ, जुन राष्ट्र बैंकले तोकेको सीमाभन्दा कम हो । निक्षेप तर्फको उत्कृष्ट १० ग्राहकको अंश ११ प्रतिशत मात्र छ ।

बैंकको प्रति सेयर आय २१ प्रतिशतले वृद्धि गरी ४१.६१ तथा स्वपुँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५.१७ प्रतिशत र्पुयाएको छ ।

२०७६ माघ ०७ गते प्रकाशित

वि.सं.२०७६ माघ ७ मंगलवार ११:०८ मा प्रकाशित

You can share this post!

prabhu bank
नेप्सेमा ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

नेप्सेमा ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

वि.सं.२०७९ असार १९ आइतवार १७:१३

काठमाडौं । ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन भएको छ ।...

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एप लाई ओम्नीच्यानल एप मा स्तरोन्नति

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एप लाई ओम्नीच्यानल एप मा स्तरोन्नति

वि.सं.२०७९ असार १९ आइतवार १६:५६

  काठमाडौं । एन आई सी एशिया बैंकले ओम्नीच्यानल एप...

संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप सूची सार्वजनिक

संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप सूची सार्वजनिक

वि.सं.२०७९ असार १९ आइतवार १६:२८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम...

सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै हुने

सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै हुने

वि.सं.२०७९ असार १९ आइतवार १६:१३

काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु...

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

वि.सं.२०७९ असार १९ आइतवार १५:५१

काठमाडौं । अब सहरी क्षेत्र वा राजमार्ग आसपासका क्षेत्रमा दृश्यमा...

साताको पहिलो कारोवार दिन ५७ अंकले बढ्यो सेयर बजार

साताको पहिलो कारोवार दिन ५७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०७९ असार १९ आइतवार १५:२५

काठमाडौं । साताको पहिलो कारोवार दिन सेयर बजारमा हरियाली छाएको...