back
NMB ad

विकास बैंकहरु एनसीएचएलको ‘कनेक्ट आरटिजिएस’ प्रणालीमा

Kumari bank ad

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले विकास बैंकहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटिजिएस प्रणालीसँग इन्टिग्रेसन गर्न सहयोग गर्ने भएको छ ।

यस सम्बन्धमा नेपाल क्लियरिङ हाउसले मुक्तिनाथ विकास बैंक, ज्योति विकस बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंकसँग फरक–फरक सम्झौता गरेको छ ।

उक्त सम्झौताअनुरुप बैंकहरुलाई आरटिजिएस प्रणालीमार्फत् कारोबारहरु गर्न तथा आफ्नो कोर बैंकिङ प्रणालीमा जोड्न चाहिने हाउसले आवश्यक ‘आरटिजिएस इन्टिग्रेसन मिडिल वायर, कनेक्ट आरटिजिएस’ उपलब्ध गराउने भएको हो ।

नेपाल क्लियरिङ हाउसले नेपाल राष्ट्र बैंकको आरटिजिएस प्रणालीको प्रभावकारिता बढाउन विशेष सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

कनेक्ट आरटिजिएस प्रणाली पहिलो चरणमा अधिकांश ’क’वर्गका वाणिज्य बैंकहरुमा सफलतापूर्वक कार्यान्वयनमा आईसकेको बताइएको छ ।

अब नेपाल राष्ट्र बैंकसंग आरटिजिएस प्रणालीको लागी ’डाइरेक्ट मेम्बर’को रुपमा सम्झौता गरी सकेका ’ख’ तथा ’ग’वर्गका वित्तिय संस्थाहरुको लागी पनि उपलब्ध गराइने भएको छ ।

आरटिजिएस प्रणालीमा ठूलो मूल्यका र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरु सदस्य बैंक र वित्तिय संस्थाहरुबीच गरिन्छ ।

२०७६ माघ ०७ गते प्रकाशित

वि.सं.२०७६ माघ ७ मंगलवार १३:२९ मा प्रकाशित

You can share this post!

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४२

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:३७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा...

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२९

काठमाडाैँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास...