back
NMB ad

सशस्त्र प्रहरी बललाई राज्यले धान्न सक्ने सहयोग गर्छ: प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले सिंगो राष्ट्र विकास र सुशासन कायम गर्न जुटेको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवसका अवसरमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासन कायम गर्न सिंगो राष्ट्र जुटेको बताउनुभएको हो । यस अभियानमा राज्यका सबै निकायको सहयोग र योगदान उत्तिकै आवश्यक रहेको उनले उल्लेख गर्नुभयो ।

उहाँले, ‘सुशासन कायम गर्दै विकासको बाटोमा अगाडी बढ्ने र तिव्र विकासका साथ देशलाई गरिबी, निरक्षरता र पछौटेपन जस्ता कुराहरुबाट मुक्त गरेर एउटा विकसित, समृद्ध र आधुनिक राष्ट्र निर्माण गर्ने अभियानमा जुटेका छौँ । यसक्रममा समाज, सर्वसाधारण नागरिक देखि लिएर राज्यका सबै अंगहरु सुशासन र विकासका कार्यहरुलाई अगाडी बढाउने क्रममा आफ्नो ठाउँबाट योगदान गर्ने हिसाबले अगाडी बढिरहेका छन् ।’

प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बलको कार्यसम्पादनको खुलेर प्रशंसा गर्नुभयो । भ्रष्टाचार नियन्त्रण, बेरुजु फर्छ्यौट जस्ता काममा सशस्त्र प्रहरीले खेलेको भूमिका उदाहरणीय रहेको पनि बताउनुभयो । ओलीले सशस्त्र प्रहरी बललाई सुदृढ र सबल बनाउनलाई राज्यले धान्न सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘सशस्त्र प्रहरीले शान्ति सुव्यवस्था कायम गर्नेदेखि लिएर स्वच्छता पारदर्शिता जस्ता कुराहरु भ्रष्टाचार नियन्त्रणका कुराहरुमा पनि सशस्त्र प्रहरीले आफुलाई नमुनाको रुपमा प्रस्तुत गर्दै आएको छ । बेरुजु फर्छयौंट जस्ता कुराहरुमा अग्रणी स्थानमा रहेको जानकारी पाउँदा हामी सबैलाई खुसी लागेको छ ।’

कार्यक्रममा उत्कृष्ट बाहिनी पुरस्कारबाट प्रदेश नम्बर २ मा रहेको छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई सम्मान गरिएको थियो ।

मुलुकभरका आठवटा बाहिनीमध्ये उत्कृष्ट कार्यसम्पादन गरेबापत बाहिनीपति अर्याललाई सम्मान गरिएको हो । सशस्त्र प्रहरीले गतवर्षदेखि यो सम्मान दिँदै आएको छ ।

गतवर्ष प्रदेश नम्बर ५ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जीवी अधिकारीलाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरीले गर्दै आएको शान्ति मिसन, विशिष्ट सुरक्षा, प्राकृतिक प्रकोप उद्धार, आपतकालिन उद्धार तथा सहायता लगायत सम्पादन गर्दै आएका कामहरुलाई प्रदर्शन गरिएको थियो ।

२०७६ माघ ०९ गते प्रकाशित

वि.सं.२०७६ माघ ९ बिहीवार १८:४४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...