back
NMB ad

बैंकको कर्जा लगानी घट्दै

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग घटेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनामा वाणिज्य बैंकको कर्जा गत वर्षको सोही अवधिको तुलनामा २४ अर्ब रुपैयाँ घटेको छ ।

गत आवको पहिलो ६ महिना (साउन–पुस) मा वाणिज्य बैंकहरूको कर्जा लगानी दुई खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो। चालु आवको पहिलो ६ महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ रहेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।

कर्जा लगानी संकुचित हुँदा बैंक तथा वित्तीय क्षेत्रको आम्दानीमा समेत कमी आइरहेको छ । पहिलो त्रैमासमा बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकहरूले सरकारलाई तिर्ने आयकरसमेत घटेको थियो ।

अघिल्ला वर्ष वित्तीय संस्थामा कर्जाको माग अधिक हुँदा लगानी योग्य रकमको अभाव हुने गरेको थियो । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले यो वर्ष कर्जाको मागमा कमी आएको बताए। बैंकमा कर्जाको मागमा कमी आउनुले निजी क्षेत्रको लगानी संकुचित भएको संकेत हो ।

खासगरी पछिल्लो समय राष्ट्र बैंकले कर्जा विस्तारमा कसिलो नीति लिएका कारण कर्जाको माग घटेको छ । सरकारले बैंकको कर्जाका लागि पेस गरिने वासलातलाई कर कार्यालयमा पेश भएको वासलातसँग भिडाउन मिल्ने व्यवस्था गरेको छ ।

यसका साथै राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिका सवारी कर्जा, घरकर्जा, हायरपर्चेज कर्जामा समेत कडाइ गरेको छ। व्यक्तिगत कर्जामा करचुक्ताको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

यसका साथै व्यक्तिको आम्दानीको ५० प्रतिशतभन्दा बढी कर्जाको किस्ता हुन नहुने व्यवस्थाले सवारी कर्जा र घर कर्जामा समेत बैंकको ऋण जान छाडेको छ ।

बैंकर्सले भने कर्जा प्राप्तिमा लिइएको कसिलो नीतिका कारण सहकारी तथा अनौपचारिक क्षेत्रबाट लेनदेन बढ्ने भन्दै यसमा लचकता अपनाउन सरकारसँग माग गर्दै आएका छन् ।

२०७६ माघ १० गते प्रकाशित

वि.सं.२०७६ माघ १० शुक्रवार ११:४६ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...