back
NMB ad

आर्थिक समृद्धिको मुद्दामा सबै राजनीतिक दल एक हुनुपर्छ : मन्त्री भट्टराई

Kumari bank ad

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकमा राजनीतिक मुद्दाको अन्त्य भइसकेकाले अब आर्थिक समृद्धिको मुद्दामा सबै राजनीतिक दल एक भएर हिँड्नुपर्ने बताएका छन।

तुलसीपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा शुक्रबारदेखि शुरु भएको तुलसीपुर महोत्सवको उद्घाटन गर्दै उनले भने, “ मुलुकको आर्थिक विकास र समृद्धि नै अहिलेको सरकारको एक मात्र उद्देश्य हो ।”

मन्त्री भट्टराईले टरिगाउँ विमानस्थल स्तरवृद्धि गर्नका लागि सरकारले बजेट विनियोजन गरिसकेको बताए । उनले भने, “टरिगाउँ एयरपोर्ट स्तरोन्नतिका लागि तपाईंहरुले बढी जोड गरेको पाइयो अब ढुक्क रहनुहोस्, हामीले टरिगाउँ एयरपोर्टको स्तरवृद्धिका लागि यस वर्ष बजेट पनि विनियोजन गरेका छौँ ।”

हाल रहेको ७५० मिटर धावनमार्गलाई विस्तार गरेर साढे एक हजार २०० बनाउने गरी आफूले योजना अगाडि बढाउने उनको भनाइ छ ।

मन्त्री भट्टराईले एयरपोर्टमा अस्थायी इन्धन डिपो स्थापनाका लागि नेपाल आयग निगमसँग पनि सम्झौता भइसकेको बताउँदै इन्धन डिपोका लागि नेपाल आयल निगमले जग्गा माग गरेको जानकारी दिए । “हामीले जग्गाका लागि सम्झौता गरिसकेका छौँ, अबको केही समयमा त्यहाँ इन्धन डिपो स्थापना हुन्छ”, उनले भने।

मन्त्री भट्टराईले मुलुकमा अहिले भारतबाट विद्युत् किन्नुपर्ने अवस्था रहे पनि अबको एक वर्षपछि नेपालबाट भारत विद्युत् बिक्री गर्ने तयारी रहेको बताउँदै आउँदो सालदेखि नेपालको केन्द्रीय लाइनमा एक हजार मेघावाट विद्यत् थपिन लागेको जानकारी दिए ।

उनले दाङ दक्षिण एशियाकै सबैभन्दा ठूलो उपत्यका रहेको भन्दै यसको भविष्य उज्ज्वल रहेको समेत बताए । दाङबाट चर्चित पर्यटकीयस्थल मुगु, डोल्पा हुँदै तिब्बत, भारतमा जोड्ने गरी काम भइरहेको र यसले दाङको विकासमा थप मद्दत पुग्ने उनको भनाइ छ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावत ९बिरु०को अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले दाङको टरिगाउँ एयरपोर्ट विस्तार गर्न केन्द्र सरकारले ध्यान दिनुपर्ने बताए ।

महोत्सव २० गतेसम्म सञ्चालन हुनेछ । भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी महोत्सव सञ्चालन गरिएको हो । महोत्सवमा व्यापारी तथा कृषि गरी ३०० भन्दा बढी स्टल राखिएका छन् ।

२०७६ माघ ११ गते प्रकाशित

वि.सं.२०७६ माघ ११ शनिवार ०८:०१ मा प्रकाशित

You can share this post!

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...