back
NMB ad

तीन महिनादेखि बजारमा आउन सकेन आईपीओ, यस्तो छ कारण !

Kumari bank ad

काठमाडौं । धितोपत्रको प्राथमिक बजारमा ३ महीनादेखि आईपीओ जारी भएको छैन । पछिल्लो पटक कात्तिक १५ गते विक्री बन्द भएको शिवश्री जलविद्युत्को आईपीओपछि प्राथमिक बजारमा आईपीओ निष्कासन नभएको हो ।

यद्यपि प्राथमिक बजारमा ऋणपत्र भने विक्रीमा भएको आर्थिक अभियानमा प्रजिता बूढाथोकिले समाचार लेख्नुभएको छ। हाल नियामक निकाय नेपाल धितोपत्र बोर्डमा १७ कम्पनीले ६ अर्ब ६३ करोड २० लाख ५९ हजार ६०० रकम बराबरको आईपीओ जारी गर्न निवेदन दिएका छन् ।

यीमध्ये दुई कम्पनीहरू २ वर्षदेखि स्वीकृतिको पर्खाइमा छन् । मैलुङखोला जलविद्युत् कम्पनी र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न २०७४ मै आवेदन दिएका थिए ।

सीईडीबीले असार २७ गते र मैलुङखोलाले असोज २० गते निवेदन दिएको थियो । बोर्डले गत जेठ ७ गते मैलुङखोलालाई विद्युत् नियमन आयोगको पूर्वस्वीकृति लिन भनेको छ । सीईडीबीको स्वीकृति प्रक्रिया अन्तिम चरणमा छ ।

निवेदन दिने १७ कम्पनीमध्ये १२ जलविद्युत् कम्पनीहरू छन् । जलविद्युत् कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेका हुन् ।

विद्युत् नियमन आयोग गठनपूर्व बोर्डले प्रक्रिया पूरा गरी स्वीकृति प्रदान गर्ने गरे पनि हालको व्यवस्थामा जलविद्युत् कम्पनीले विद्युत् नियमन आयोगको पूर्वस्वीकृति पश्चात् मात्र बोर्डमा निवेदन दिन सक्नेछन् ।

यो व्यवस्था लागू भएपछि बोर्डमा निवेदन दिइसकेका धेरै जलविद्युत् कम्पनीको निवेदन विवरण वेबसाइटबाट हटाइएको छ । यस आधारमा उनीहरूले नियमन आयोगको स्वीकृतिपछि मात्र निवेदन दर्ता गर्न लागेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

निवेदन दिने धेरै जलविद्युत् कम्पनी रहेकाले पनि स्वीकृतिमा ढिलाइ भएको बोर्डको भनाइ छ । कम्पनीहरूले आवश्यक कागजात समयमै पेश नगर्दा स्वीकृतिमा ढिलाइ भएको बोर्डले बताइएको हो । समयमै प्रक्रिया पूरा गर्ने कम्पनीले छोटो समयमै स्वीकृति पाएको समेत बोर्डले जानकारी दिएको छ ।

आईपीओका लागि मर्चेन्ट बैंकसँगै पुनर्बीमा कम्पनीको पनि निवेदन छ । पुनर्बीमा कम्पनीले जारी पूँजी कम गर्न उच्च अदालत पाटनबाट स्वीकृति पाइसकेकाले अब आईपीओका लागि पनि बाटो खुलेको छ । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।

त्यस्तै सीबीआईएल क्यापिटल पनि आईपीओ जारी गर्ने तयारीमा छ । क्यापिटलले ३ करोड रुपैयाँ बराबरको आईपीओ विक्री गर्न लागेको हो ।

बोर्डमा नयाँ अध्यक्ष आएसँगै अबका आईपीओबाट घाटामा जान नपर्ने आशा लगानीकर्तामा छ । शिवश्री हाइड्रोमा सर्वसाधारणको कम आवेदन पर्नु, प्रत्याभूतकर्ताले नबिकेको शेयर सकार्न नखोज्नु जस्ता विषयले जलविद्युत्का शेयर निष्कासनमा पछिल्लो दिन पर्न सक्ने असरलाई पहिला नै ध्यान दिएर स्वीकृति प्रदान गर्न लगानीकर्ताले बोर्डलाई आग्रह गरेका छन् ।

शिवश्री हाइड्रोले ३३ लाख ५१ हजार १४० कित्ता शेयर निष्कासन गर्दा सर्वसाधारणबाट ७ लाख २० हजार ६४० कित्ताका लागि मात्र आवेदन परेको थियो ।

उक्त शेयर मंसिर २४ गते नै बाँडफाँट गरेको कम्पनीले प्रत्याभूतकर्ताको कारण हालसम्म सूचीकृत गर्न सकेका छैनन् । कम्पनीको सर्वसाधारणले नकिनेको शेयर सकार्ने सहमति मुक्तिनाथ क्यापिटल र सीबीआईएल क्यापिटलले गरेका थिए ।

२०७६ माघ १२ गते प्रकाशित

वि.सं.२०७६ माघ १२ आइतवार ०८:५९ मा प्रकाशित

You can share this post!

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...