back
NMB ad

पर्यटन बोर्डको सिइओमा डा.धनन्जय रेग्मी नियुक्त

Kumari bank ad

काठमाडौं । पर्यटन बोर्डको सिइओमा डाक्टर धनन्जय रेग्मी नियुक्त भएका छन् । पर्यटन बोर्डको संचालक समितिको बैठकले मंगलबार रेग्मीलाई बोर्डको सिइओमा नियुक्त गरेको हो। उनले ४ वर्ष पर्यटन बोर्डको नेतृत्व गर्ने छन्।

डाक्टर रेग्मी १७ जना प्रतिस्पर्धीलाई उछिन्दै सिइओ बनेका हुन । पर्यटन बोर्डले गत मंसिर १८ मा सिइओको लागी आवेदन माग गरेको थियो । जसमा १७ जनाको आवेदन परेको थियो ।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका संचालक समिति सदस्य विप्लव पौडेल र कृष्णबहादुर महरा सहितको छनौट समितिले १७ जनाबाट पहिलो चरणमा ९ जना छनौट गरेको थियो ।

छनौट समितिमा दुई विज्ञका रूपमा पूर्व पर्यटनसचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे थिए । छनौट समितिले १७ जनाबाट पहिलो चरणमा ९ जना छनौट गरेको थियो। उनीहरुको प्रस्तुतीको आधारमा गतहप्ता तीन जनाको नाम संचालक समितिमा पठाएको थियो ।

बोर्डले संचालक समितिमा पठाएको सूचीमा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर थिए । सबैलाई उछिन्दै रेग्मी बोर्डको सिइओ नियुक्त भएका हुन ।

निवर्तमान दिपकराज जोशीको कार्याकाल सकिएपछि गत मङ्सिर १८ गते विज्ञापन खुलाइएको थियो । विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए ।

त्यसमध्येबाट उपसमितिले काशिराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, डा. धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो।

२०७६ माघ १४ गते प्रकाशित

वि.सं.२०७६ माघ १४ मंगलवार १८:१७ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...