back
NMB ad

कसले बेच्दै छ बैंक अफ काठमाण्डूको ३ लाख ७० हजार कित्ता संस्थापक शेयर ?

Kumari bank ad

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयरधनी शक्ति कुमार गोल्याणको स्वामित्वमा रहेको संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । बैंकले ३ लाख ७० हजार ३५६ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको छ ।

यस अघि बैंकले सो शेयर विद्यमान संस्थापकहरुलाई लिलाम बढाबढ प्रक्रियाबाट खरीद गर्न आव्हान गरेको भएपनि तोकिएको अवधिमा विद्यमान संस्थापकहरुले खरीदका लागि आवेदन नदिएपछि सो शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनी लगायत अन्य ईच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाहरुले माघ २२ गतेभित्र बैंकको शेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा शिलबन्दी बोलपत्र पेश गनुपर्ने छ ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि सो भन्दा बढीको लागि १० अंकको गुणाङ्कमा नेपाल राष्ट्र बैंकले तोकेको प्रति व्यक्तिरसंस्था सीमाको अधिमा रहने गरी अधिकतमा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लिलामी शेयरमा आवेदन दिनको लागि माघ १५ गतेदेखि २२ गतेसम्म अवधि तोकिएको छ । शेयरको न्यूनतम मूल्य रू. ६० तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीको विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

२०७६ माघ १५ गते प्रकाशित

वि.सं.२०७६ माघ १५ बुधवार १०:३५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...