काठमाडौं । बुधवार नेप्से कारोबार भएको तेस्रो घण्टामा १ दशमलव ६८ अंकले घटेर १ हजार ३०४ दशमलव ४७ विन्दुमा पुगेको छ ।
१ हजार ३०६ दशमलव १६ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव १३ प्रतिशत घटेको हो ।
यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये ८ समूहको परिसूचक घटेको छ भने बाँकी ४ समूहको परिसूचक बढेको छ । तेस्रो घण्टाको कारोबारमा १७२ ओटा कम्पनीको रू. ८२ करोड ८८ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस अवधिमा नाडेप लघुवित्त वित्तीय संस्थाको सर्वाधिक कारोबार भएको छ । उक्त संस्थाको रू. ५ करोड ६१ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. ७५० मा कारोबार भइरहेको छ ।
२०७६ माघ १५ गते प्रकाशित
वि.सं.२०७६ माघ १५ बुधवार १४:०६ मा प्रकाशित