back
NMB ad

एकैपटक ३ सय बिजुली बसको ठेक्का गर्ने तयारी, २ हप्ता भित्रै ठेक्का प्रकृया सुरु

Kumari bank ad

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकैपटक ३ सय वटा बिजुली बसको ठेक्का गर्ने तयारी थालेको छ ।सहसचिवको संयोजकत्वमा बनेको कमिटीले यो बारेमा अध्ययन गरिरहेको मन्त्रालयको उच्च स्रोतले जनाएको छ ।

‘अहिलेसम्म हामीसगँ ३ अर्ब मात्र छ । अरु स्रोतको खोजी भइरहेको छ। सकेसम्म एकैपटक ३ सय बिजुली बसकै ठेक्का गर्ने योजना छ,’ उनले भने ।

उनका अनुसार करिब २ हप्ता भित्रै ठेक्का प्रकृया सुरु हुने छ । ‘डकुमेन्टेसन, गाडीको स्पेसिफिकेसन लगाएतका आधारभुत काम फास्ट ट्रयाकमा भइरहेको छ । २ हप्ता भित्रमा ठेक्का प्रकृया अगाडि बढ्छ होला,’उनले भने ।

गत असार अन्तिम साता नेपाल सरकारले ३ सय बिजुलीबस संचालनको लागि ३ अर्ब रुपैयाँ साझा यातायातललाई दिने निणर्य गरेको थियो ।

त्यसको ३ महिना पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खरिद प्रकृया रोक्न भन्यो र त्यसको ४ महिना पछि मन्त्री परिषद्ले त्यो पैसा फिर्ता ल्याउने र सरकारले आफैले खरिद गर्ने निणर्य गरेको थियो ।

२०७६ माघ १५ गते प्रकाशित

वि.सं.२०७६ माघ १५ बुधवार १४:४१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...