back
NMB ad

नयाँ विद्युत् महसुल निर्धारण हुँदै, दुई करोड ९० लाख जनसंख्या लाभान्वित हुने

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले महशुल परिमार्जनका लागि विद्युत् नियमन आयोगमा प्रस्ताव पेस गरेको छ ।
नियमन आयोगले दुई महिनाभित्रै नयाँ विद्युत् महसुल निर्धारण गर्ने भएको हो । यसबाट २ करोड ९० लाख जनता लाभान्वित हुने भएका छन् ।

मुलुकमा ऊर्जा उत्पादन बढेको अवस्थामा खपत बढाउनुपर्ने भएकाले सरकारले उपभोगका आधारमा विद्युत महसुल निर्धारण गर्ने नीति लिने भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जति बढी विद्युत् उपयोग ग¥यो त्यति नै प्रतियुनिट बिजुली सस्तो हुने गरी विद्युत् महसुल निर्धारण गर्ने घोषणा यसअघि नै गरिसकेको राजधानी दैनिकमा समाचार छ ।

प्राधिकरणले शुक्रबार आयोगमा महसुल निर्धारण प्रस्ताव पेस गरेको छ । सोही प्रस्ताव आयोगले अध्ययन गरिरहेको आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बताए । उनले भने, ‘हामीले सबै विवरण पायौं भने दुई महिनाभित्रै नयाँ महसुल निर्धारण हुनेछ ।’

‘जर्जिया र अमेरिकाजस्ता देशमा महसुल निर्धारणका लागि ६ महिनाको अवधि दिइएको भए पनि हाम्रो नियमावलीमै दुई महिनामा निर्धारण गर्नुपर्ने उल्लेख गरिएको छ ।’ जनताको हितसँग जोडिएको विषय हुँदा एक महिनाभित्र सम्भवत सबै प्रदेश र काठमाडौं उपत्यकामा सार्वजनिक सुनुवाइ हुने भएको छ ।

उनले भने, ‘हामीसँग जनशक्तिको अभाव छ, हाम्रो क्षमताले भ्याएसम्म सबै प्रदेशमा सार्वजनिक सुनुवाइ गर्ने पक्षमा छौं ।’ यो निर्णयले २ करोड ९० लाख जनसंख्या प्रभावित हुने भएको हुँदा उपभोक्ता र प्राधिकरणको हितमा विद्युत् महसुल निर्धारण हुने सिंहले बताए ।

प्राधिकरणले बिजुली खपतलाई बढाउन १० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई बिजुली निःशुल्क दिने प्रस्ताव गरेको छ । प्राधिकरणले १० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई बिजुली निःशुल्क दिई उनीहरूबाट मासिक चार्जबापत ३० रुपैयाँ मात्र लिने गरी प्रस्ताव गरेको छ ।

१० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले तिर्ने ३० रुपैयाँ बिजुलीबापतको शुल्क नभई अन्य चार्ज हुने प्राधिकरणले जनाएको छ । तर, आयोगले भने प्रस्तावित विद्युत् महसुलबारे अहिले जानकारी दिन नमिल्ने बताएको छ ।

हाल २० युनिटसम्म बिजुली प्रयोग गर्ने ग्राहकले ३० रुपैयाँ अन्य चार्जसहित प्रतियुनिट ३ रुपैयाँ शुल्क तिर्दै आएका छन् । अब प्राधिकरणले १० युनिटसम्मको ग्राहकको छुट्टै श्रेणी कायम गर्ने गरी प्रस्ताव गरेको छ । प्राधिकरणका अनुसार १० युनिटसम्म बिजुली प्रयोग गर्ने ग्राहकको संख्या ७ लाख छ ।

हाल घरायसी ग्राहकलाई ७ श्रेणीमा
विभाजन गरिएकोमा अब बिजुली खपतअनुसार ६ श्रेणी मात्र प्रस्ताव गरिएको छ । अहिले ग्राहकले प्रतियुनिट अधिकतम १५ युनिट तिर्दै आएकोमा अब अधिकतम १२ रुपैयाँसम्म मात्र गर्ने गरी नयाँ महसुल दर प्रस्ताव गरिएको छ ।

वार्षिक २ सय ४५ युनिट प्रतिव्यक्ति बिजुली खपत दरलाई बढाएर सन् २०२३ सम्ममा प्रतिव्यक्ति ७ सय युनिट खपत गर्ने सरकारी योजना रहेको छ ।

विभिन्न आयोजना अन्तिम चरणमा रहेको र नेपालसँग पर्याप्त बिजुली हुने भएकाले बिद्युत खपत बढाउन मूल्य कम गर्न लागेको प्राधिकरणले बताउँदै आएको छ । आयोगले महसुल निर्धारण गर्नु अगाडि विभिन्न सरोकारवाला निकायसँग सार्वजनिक सुनुवाइसमेत गर्नुपर्ने व्यवस्था छ ।

वि.सं.२०७६ माघ २० सोमवार ०९:१२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...