back
NMB ad

यस्तो छ माछापुच्छ्रे बैंकको वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले अधिकांश सूचकमा सुधार गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ८२ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४ करोड ४ लाख बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सामान्य सुधार भएसँगै खुद नाफा सामान्य बढेको हो । पुस मसान्तसम्ममा बैंकले १ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ करोड २ लाख बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ९ करोड २२ लाख रुपैयाँ बढेर १ अर्ब २३ करोड ५३ लाख पुगेको छ ।

८ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ५ करोड ४९ लाख रुपैयाँ सञ्चित छ । त्यसगरी, बैंकको शेयरधनी कोषमा ६१ करोड ९ लाख रुपैयाँ रहेको छ भने शेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ रहेको छ। बैंकले पुस मसान्तसम्ममा ६० करोड ६३ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ ।

दोस्रो त्रैमासको अन्त्यमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४३ पैसा कायम भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९५ पैसा बढी हो । बैंकको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ ।

पुस मसान्तसम्ममा बैंकले ९७ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८७ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्क्रिय कर्जा सो अवधिमा ०.४५ प्रतिशत रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.०१ प्रतिशत विन्दु बढी हो।

बैंकको इम्पेरिमेन्ट चार्ज १७ करोड ४८ लाख रुपैयाँ रहेको छ । सो अवधिसम्ममा बैंकको आधार दर १०.२६ प्रतिशत, स्प्रेडदर ५.२४ प्रतिशत र कोषको लागत ७.६४ प्रतिशत रहेको छ ।

वि.सं.२०७६ माघ २० सोमवार १०:०३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...