back
NMB ad

सरकारले नागरिक समाजलाई नियन्त्रण गर्दैछ भन्ने भ्रम हटाउन उपाध्यक्ष कँडेलको आग्रह

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले बर्तमान सरकारले नागरिक समाजलाई नियन्त्रण गर्दैछ भन्ने भ्रमबाट मुक्त हुन नागरिक समाजका अगुवालाई आग्रह गर्नुभएको छ ।

मंगलबार राष्ट्रिय योजना आयोगद्वारा आयोजित नागरिक समाजसंगको अन्तरक्रियामा उपाध्यक्ष कँडेलले सरकार र नागरिक समाज एक आपसमा साझेदारको रुपमा दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

१५औं योजनाले लिएका लक्ष्य, उद्देश्य र रणनीति कार्यान्वयनका निमित्त सामाजिक क्षेत्रसंगको साझेदारी तथा सामाजिक क्षेत्रका सवालहरुको सम्वोधन कसरी गर्न सकिन्छ भन्ने विषयमा गरिएको अन्तरक्रियामा गैरसरकारी संस्था महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, रानेपानी उपभोक्ता महासंघ, राष्ट्रिय जेष्ठ नागरिक महासंघ, महिला, बालबालिका, दलित, सिमान्तकृत, किसान, भूमिहिन लगायतको क्षेत्रमा कार्यरत संघ संस्थाका अगुवाहरुको प्रतिनिधित्व रहेको थियो ।

नागरिक अगुवाहरुले सरकारले साझेदारको रुपमा स्वीकार गरी सहकार्य गरेकोमा खुशी व्यक्त गर्दै दिगो विकास लक्ष्य हासिल गर्न नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगमा सामाजिक क्षेत्र हेर्ने सदस्य मीनबहादुर शाहीले उठेका सवाललाई आगामी दिनमा नीति तथा योजना मार्फत सम्वोधन गर्दै लैजाने बताउनुभयो ।

वि.सं.२०७६ माघ २१ मंगलवार १९:४८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...