काठमाडौं । लोक सेवा आयोगले स्थायी नियुक्ति सम्वन्धी जरुरी सूचना निकालेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले विभिन्न पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
आयोगको दुई कार्यालयजुम्ला र सुर्खेत कार्यालयले स्थानीय तह तर्फको अधिकृत पदमा सिफारिस गरेको सूचनामा उल्लेख छ । सूचना अनुसार आयोगले वैकल्पिक योग्यताक्रम र अस्थायी योग्यताक्रको पनि नामावली प्रकाशन गरेको हो ।
स्थानीय तह तर्फको विज्ञापन नम्वर १५४०२/२०७५–०७६ र १४८५२/०७५–०७६ को खुला, शिक्षा सेवा, शिक्षा प्रशासन समूह, छैठौँ तह, अधिकृत पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको आयोगको जनाएको छ ।
सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
वि.सं.२०७६ माघ २३ बिहीवार ०६:१४ मा प्रकाशित