काठमाडौं । लोक सेवा आयोगले एकमुष्ट योग्यताक्रम सूचि प्रकाशन सम्वन्धी सूचना निकालेको छ । आयोगको धनकुटा कार्यालयले विभिन्न पदको एकमुष्ट योग्यताक्रम सूचि प्रकाशन गरेको हो ।
आयोगले स्थानीय तह अन्तर्गत खुला तथा समावेशी, इञ्जिनियरिङ, सिभिल, सव– इञ्जिनियर पदको लागि माग पद ९८ जनाको स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरुले प्राप्त गरेको अंकको आधारमा आज (फागुन ०१ गते) को निर्णयअनुसार एकमुष्ट योग्यताक्रम सूचि कायम भएको जनाएको छ ।
सूचि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
वि.सं.२०७६ फागुन १ बिहीवार १९:४९ मा प्रकाशित