back
NMB ad

दुई वर्षमा सरकरले अन्तर्राष्ट्रिय मञ्चमा प्रभाव र परिचय विस्तार गर्‍यो : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा आफूनो भूमिका, पहिचान, प्रभाव र परिचय विस्तार गरेको बताउनुभएको छ ।

शनिबार संसदको प्रतिनिधिसभामा सरकारको काम कारबाहीबारे जानकारी दिँदै उहाँले,‘ हामीले अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो भूमिका, पहिचान, प्रभाव र परिचय विस्तार गरेका छौँ । अहिले हाम्रो अन्तराष्ट्रिय सम्बन्ध १६८ देशसँग विस्तार भएको छ ।’

नेपालसँग सम्बन्ध विस्तार र सुदृण गर्न अन्तराष्ट्रिय जगतको अभिरुचि पनि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ ।‘मैले भनिरहनु पर्ला जस्तो लाग्दैन नेपालसँग सम्बन्ध विस्तार र सुदृण गर्न अन्तराष्ट्रिय जगतको अभिरुचि पनि बढेको छ ।

मैले बेलायत र फ्रान्सको भ्रमण दुई दशकपछि प्रधानमन्त्रीको हैसियतका गरेको हुँ । १७ वर्षपछि परराष्ट्रमन्त्रीको अमेरिका र १४ वर्षपछि रुस भ्रमण भएको छ । चीनका राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण सम्पन्न भएको छ । भारतका प्रधानमन्त्रीको एउटै कार्यकालमा ४ पटक भ्रमण भएको छ ।’

नेपालले सम्बन्ध विस्तारलाई पनि अगाडि बढाएको उहाँले बताउनुभयो । ‘यस्ता कुराहरुले हाम्रो सम्बन्ध विस्तारलाई अगाडि बढाएको छ । पहिले हामी अन्तर्राष्ट्रिय मञ्चहरुमध्ये एशिया सोसाइटीमा मात्रै सिमित देखिन्थ्यो ।

अहिले एशिया सोसाइटीका अतिरिक्त डाबसो, अक्सबोर्ड युनिभर्सिटी, राष्ट्रसंघीय शान्ति विद्यालयजस्ता विश्व प्रसिद्ध फोरमहरुमा विचार प्रस्तुत गरेका छौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । ‘अहिले हामी विश्वस्तरको नयाँ फोरम पनि सुरु गर्दै छौँ , सगरमाथा संवाद । जसमा एक वर्षका लागि हामीले कलाइमेन्ट च्यान्ज, माउन्टेन फियुचर आफ होमानिटी भन्ने शीर्षक राखेका छौँ ।’

राष्ट्रले दिएको जिम्मेवारी सरकारले गम्भीरता पूर्वक लिँदै मातृभूमिको रक्षा गर्ने उहाँले बताउनुभयो । ‘सीमा विवादमा राष्ट्र एक ठाउँमा छ ।

राष्ट्रले दिएको जिम्मेवारी सरकारले गम्भीरता पूर्वक लिँदै मातृभूमिको रक्षा गर्छ,’ ओलीले भन्नुभयो, ‘संवादका माध्यबाट सीमा विवाद समाधान गर्न र अतिक्रमित नेपाली भूभाग फिर्ता सरकार दृढता र सक्रियताका साथ लागेको म यस मम्मानि सदनलाई जानकारी गराउन चाहनछु ।’

वि.सं.२०७६ फागुन ३ शनिवार १२:५६ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...