back
NMB ad

एक आपसमा गाभिएका यी दुई वित्तीय संस्थाको फागुन १० गतेबाट एकीकृत कारोबार

Kumari bank ad

काठमाडौैं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १० गतेबाट एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।

स्याङजा जिल्ला पुतलीबजार नगरपालिका १ मा मुख्य कार्यालय रहेको सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र नवलपरासी जिल्ला सुनवल नगरपालिका –४ मा मुख्य कार्यालय रहेको त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले संयुक्तरुपमा वित्तीय कारोबार गर्न लागेका हुन् ।

गत असार १९ गते सूर्योदय लघुवित्तका अध्यक्ष अनन्तकुमार श्रेष्ठ र त्रिलोक लघुवित्तका अध्यक्ष लेखनाथ खनियाले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

ती दुवै कम्पनीले गत पुस ५ गते सम्पन्न साधारण सभाले एक आपसमा गाभिने निर्णय स्वीकृत गरेका थिए । उक्त दुवै कम्पनीलाई नेपाल राष्ट्र बैंकले माघ ८ गते एकीकृत कारोबार गर्न स्वीकृती दिइसकेको छ ।

साथै कम्पनी रजिष्ट्रारको कार्यालयले गाभिने संस्था त्रिलोक लघुवित्त वित्तीय संस्थाको सम्पूर्ण सम्पति तथा दायित्व गाभ्ने संस्था सूर्योदय लघुवित्त वित्तीय संस्थाले सकार्ने तथा बेहोर्ने गरी स्वीकृति दिएको छ ।

दुवै कम्पनी गाभिएपछि संस्थाको नाम सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड हुनेछ भने कम्पनीको केन्द्रीय कार्यालय साविकको सूर्योदय लघुवित्तको केन्द्रीय कार्यालय पुतलीबजार नगरपालिका -१,स्याङजामा रहने छ ।

वि.सं.२०७६ फागुन ४ आइतवार ०७:१० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...