back
NMB ad

ऋणपत्रको बजारमूल्यको आधार बनाउँदै नेप्से, दोस्रो बजारको कारोबार सहज गराउने तयारी

Kumari bank ad

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा ऋणपत्र (डिबेञ्चर)को कारोबार हुन थालेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यसको मूल्यको आधार तोक्ने तयारी गरेको छ ।

यसबाट दोस्रो बजारमा ऋणपत्रको कारोबार व्यवस्थित हुने नेप्सेको अपेक्षा छ । आर्थिक अभियानमा ममता थापाले समाचार लेख्नुभएको छ ।

नेप्सेले अनलाइन कारोबार प्रणालीमा ऋणपत्रको समेत कारोबार गर्न सकिने व्यवस्था गरेको छ । केही बैंकको ऋणपत्र किनबेचसमेत भएको छ । तर, त्यसको मूल्य कसरी तय गर्ने र त्यसमा पूँजीगत लाभकरको गणना कसरी गर्ने भन्ने व्यवस्था अहिले छैन ।

नेप्सेले ऋणपत्रको किनबेचका लागि पूर्वाधार तथा प्रविधिको व्यवस्था त गरेको छ तर लगानीकर्तालाई किनबेच गर्दाको मूल्य, पाकिसकेको ब्याज कसले प्राप्त गर्ने र त्यसको आधारमा ऋणपत्रको मूल्य कसरी संयोजन गर्ने भन्ने प्राविधिक विषयमा व्यवस्था बनिसकेको छैन ।

यसलाई व्यवस्थित गर्नेबारेमा अध्ययन भएको र छिटै मूल्य र पूँजीगत लाभकर आदि बारेका मोडालिटी तयार गरिने जानकारी नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले दिए ।

उनका अनुसार उक्त कामको लागि नेप्सेले पूँजीबजार, बोन्ड तथा डिबेञ्चर विज्ञ हेमन्त बस्याललाई अध्ययन प्रतिवेदन बुझाउन जिम्मा दिएको थियो । उनले पछिल्लो पटक माघ २४ गते अध्ययन प्रतिवेदन बुझाएका थिए । छलफलपछि उक्त प्रतिवेदनमा थपघट गर्न पठाइएको उनले बताए ।

नेप्सेले करीब २ महीनादेखि ऋणपत्र बजारलाई स्थान (प्लेटफर्म) मात्र उपलब्ध गराएको छ । अहिले ऋणपत्रको किनबेच भइरहेको देखिए पनि त्यसमा अन्तरराष्ट्रिय अभ्यास अनुरूप नभएको लगानीकर्ताको भनाइ छ । त्यसो त आम लगानीकर्तालाई ऋणपत्रको किनबेच भए पनि त्यसको मूल्य कसरी निर्धारण हुन्छ भन्ने जानकारी देखिँदैन ।

अधिकांशमा ऋणपत्र किनेपछि ब्याजमात्र खाने र परिपक्व भएपछि पैसा लिने भन्नेमात्र अवधारणा छ । साउद बताउँछन्, ‘यसकारण ऋणपत्र किनबेच गर्दा कसरी लाभ लिन सकिन्छ र के आधारमा कति मूल्य तिर्ने भन्नेबारेमा लगानीकर्तालाई जानकारी दिन दोस्रो बजारको प्रणाली ल्याएका हौं ।

केही लगानीकर्ताले किनबेच गर्न पनि थालेका छन् ।’ उनका अनुसार नेप्सेले सरकारी ऋणपत्र र व्यावसायिक ऋणपत्र सबैको कारोबार गर्न पूर्वाधार र प्रविधि बनाए पनि नियम कानून भने बनाउन बाँकी छ । त्यस्तै सफ्टवेयरमा पनि केही परिवर्तन गर्न बाँकी रहेको छ । नेप्से अहिले यसमा समेत केन्द्रित भएको साउदको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्न निर्देशन दिएको छ । हालसम्म सानिमा, ग्लोबल आईएमई, एनआईसी एशिया, एनएमबी, एभरेष्ट, बैंक अफ काठमाण्डू, सिद्धार्थ बैंक, सनराइज बैंक र प्रभु बैंकले ऋणपत्र जारी गरी नेप्सेमा सूचीकृत भएका छन् । यसबाहेक अन्य वाणिज्य बैंक पनि ऋणपत्र जारी गरी सूचीकृत हुने क्रममा छन् ।

सूचीकृत भएका सानिमा बैंक, एनआईसी एशिया र सिद्धार्थ बैंकको दोस्रो बजारको किनबेच हुन थालेको छ । गत पुस १० गते सानिमा बैंकको संस्थागत ५० हजार कित्ता ऋणपत्र प्रतिकित्ता रू. ९६३ का दरले किनबेच भएको थियो । हालसम्म १६ दिनमा २६ पटक भएको व्यापारमा यो बैंकको ऋणपत्र किनबेच भएको हो । सानिमा बैंकले प्रतिकित्ता रू. १००० मूल्यको १० वर्षमा परिपक्व हुने गरी वार्षिक १० प्रतिशत ब्याजदरको ऋणपत्र २०७५ पुस २४ गते बाँडफाँट गरेको थियो ।

यसैगरी एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०८२र८३ मा परिपक्व हुने ११ प्रतिशत ब्याजदरमा जारी गरेको ऋणपत्र २६ पटकसम्म किनबेच भएको छ । रू. १ हजार अंकित मूल्यको ऋणपत्र १ हजार ३ देखि १ हजार २० रुपैयाँसम्ममा कारोबार भएको छ । यसैगरी सिद्धार्थ बैंक लिमिटेडको १० वर्षे ऋणपत्र ६ पटकसम्म कारोबार भएको छ ।

यसअघि ऋणपत्र निष्कासनका क्रममा सर्वसाधारणको आकर्षण कम देखिएको थियो । साथै शुरुआती चरणमा कम्पनीहरूले निष्कासन गरेको ऋणपत्र धितोपत्रको दोस्रो बजारमा सूचीकृत भए पनि कारोबार भने हुने गरेको थिएन । अब अभौतिकीकरण भएका ऋणपत्र किनबेचका लागि कुनै समस्या नभएको नेप्सेको भनाइ छ ।

ऋणपत्रको किनबेच कि त क्लिन प्राइस (क्रेताले ब्याजदर नपाउने) गरी हुन्छ कि त फुल (डर्टी) प्राइस (क्रेताले ब्याज प्राप्त गर्ने) गरी हुन्छ । क्लिन प्राइसमा किनबेच भए पनि ऋणपत्र क्रेताको नाममा नामसारी नहुँदासम्मको ब्याजदर क्रेतालाई कम्पनीले दिने व्यवस्था हुन्छ । रू. १ हजारको ऋणपत्र १ हजार ३० रुपैयाँमा किन्दा ब्याज प्राप्त गर्ने र नगर्ने अवस्थाका आधारमा पूँजीगत लाभ कर लाग्ने र नलाग्ने निर्धारण हुन्छ ।

यसका लागि विद्यमान कानूनी व्यवस्था सुधार गर्नुपर्ने हुन्छ भने प्रविधिमा पनि केही सुधार गर्नुपर्ने देखिएको हेमन्त बस्यालको भनाइ छ ।

वि.सं.२०७६ फागुन ४ आइतवार ०७:३४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...