back
NMB ad

पूर्व सचिव पत्नी मृत्यु प्रकरण : मोबाइलमा फेला पर्ला त घटनाको तथ्य ? रिपोर्ट कुर्दै प्रहरी

Kumari bank ad

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की र सानेपास्थित उनको घरमा काम गर्ने युवक विजय चौधरीको ज्यान जाने घटना भएको आइतबार एक हप्ता पुग्यो।

अनुसन्धानले कार्कीको हत्या अनी चौधरीको आत्महत्या भएको पुष्टि भयो । कार्की र चौधरीको शवको पोस्टमार्टमका आधारमा हत्या र आत्महत्या देखियो ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार कामदार चौधरीको ह्याङ्गिङका कारण र कार्कीको घाँटी दबाइएका कारण मृत्यु भएको उल्लेख छ । रिपोर्टअनुसार हत्या र आत्महत्या भन्ने खुले पनि कारण खुल्न सकेको छैन ।

घटनाको प्रकृतिको आधारमा कार्कीको हत्या गरेर चौधरीले आत्महत्या गरेको निष्कर्ष देखिन्छ प्रहरीको । प्रहरीले घटनास्थलबाट विभिन्न प्रमाण संकलन गरेको थियो । तर निष्कर्षलाई सघाउने थप प्रमाण फेला परेको छैन ।

घटनास्थलको अवस्था र पोस्टमार्टम रिपोर्टका आधारमा चौधरीले कार्कीको घाँटीमा नाइलनको डोरी बेरेर कसेर त्यसपछि पिर्काले हानेर हत्या गरेको निष्कर्ष प्रहरीको देखिन्छ । प्रहरीको निष्कर्षअनुसार त्यसपछि उनले आत्महत्या गरेका थिए ।

घटनास्थलको अवस्थाले नै बिना कारण कार्कीको हत्या भएको देखाउँदैन । घटनास्थलका दृष्यले यो योजनाबद्ध भन्दा आवेशप्ररित देखाउँछ । घटना अगाडि के भएको थियो र चौधरी हत्या र आत्महत्याको मोडमा पुगे भन्ने खुल्नै सकेको छैन।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापा चौधरीले नै आत्महत्या गरेकाले यसको कारण खुलाउन गाह्रो भइरहेको बताउँछन ।

पोस्टमार्टम रिपोर्टसँगै प्रहरीले दुवै जनाको मोबाइल डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । फरेन्सिक जाँचमा ‘डिजिटल डिभाइस’ को डिजिटल डाटा संकलन गरेर विश्लेषण गर्ने गरिन्छ ।

फरेन्सिक जाँचमा मोबाइलमार्फत् आदानप्रदान भएका म्यासेज, कल डिटेल, अडियो, भिडियो, फोटालगायतका सामग्री रिकभर हुने गर्छ ।

यी तत्थहरुको विश्लेषण गरेर रिपोर्ट सार्वजनिक हुने गर्छ। दुवैमध्य कसैको मोबाइलमा घटनाको कारण खुल्न सक्ने तथ्य फेला पर्छ कि भन्ने आशमा देखिन्छ प्रहरी । फरेन्सिक ल्याबबाट रिपोर्ट आइसकेको छैन ।

त्यसैगरी शंकास्पद मृत्यु भएका व्यक्तिको भिसेरा जाँचसमेत गरिँदै आएको छ । यसबाट पनि हत्याबारे नयाँ तथ्य फेला पर्न सक्छ । तर भिसेराको नतिजा आउन समान्यतया तीन महिना लाग्ने गर्छ ।

पोस्टमार्टम रिपोर्टबाट नयाँ तथ्य नआउनु, डिजिटल फरेन्सिकको रिपोर्ट नआउनु, भिसेराको नतिजा आउने समय लाग्नु र हत्या गरेको भनिएका व्यक्तिले नै आत्महत्या गर्नुले मुना कार्कीको हत्याको कारण भने खुल्न सकेको छैन ।

वि.सं.२०७६ फागुन ४ आइतवार १२:०३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...