back
NMB ad

एनसेलद्वारा पुरस्कार हस्तान्तरण

Kumari bank ad

काठमाडौं । एनसेलले ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत बिहीवार मासिक र साप्ताहिक विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
योजनाअन्तर्गत इलामकी गंगामाया राई र रूपन्देहीका टीकाराम बलाल मगरले रू. १०/१० लाख जितेका छन् ।

आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो योजना मंसिर १ गतेदेखि ३ महीना सञ्चालन गरेको थियो । राई यस योजनाअन्तर्गत दोस्रो महिनाकी विजेता हुन् भने मगरले तेस्रो महिनाका विजेता हुन् । योजनाअन्तर्गत प्रत्येक हप्ता रू. २ लाख नगद र प्रत्येक महीना रू. १० लाख नगद जित्ने मौका एनसेलले दिएको थियो ।

३ जना भाग्यशाली साप्ताहिक विजेताले पनि बिहीवार जनही रू. २ लाख पुरस्कार ग्रहण गरेका छन् । योजनाको ११औं हप्ताअन्तर्गत कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उराँवले रू. २/२ लाख जितेका छन् भने १२औं हप्ताअन्तर्गत बाराका अरमान देवानले पनि रू. २ लाख जितेका छन् ।

कलाकार जितु नेपाल र सन्ध्या केसीले विजेतालाई पुरस्कारको चेक हस्तान्तरण गर्नुभयो । योजनाअन्तर्गत ६० भाग्यमानी साप्ताहिक विजेता ग्राहकमध्ये ३४ जनाले नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने बाँकी ग्राहक प्रमाणीकरण प्रक्रियामा रहेको एनसेलले बताएको छ ।

वि.सं.२०७६ फागुन ९ शुक्रवार ०७:३१ मा प्रकाशित

You can share this post!

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...